काठमाडौँ, २ चैत । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को संक्रमणलाई महामारी घोषित गरेपछि कोरोनाभाइरसको विरुद्ध सार्क राष्ट्रहरु एकजुट भएर लड्ने भएका छन् । कोरोनाभाइरसको महामारीविरुद्ध लड्न साझा रणनीति तयार गर्न आइतबार भारतीय समयअनुसार साँझ ५ बजे सार्क राष्ट्रहरुबीच भिडियो कन्फरेन्स हुने भएको हो । कोरोनाभाइरस विरुद्ध लड्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रबीच सहकार्य गर्ने […]
स्वास्थ्य
प्रत्यारोपणका क्रममा राखिएको ‘स्टेन्ट’ निकाल्न प्रधानमन्त्री शिक्षण अस्पतालमा
काठमाडौं, २ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार बिहानै पेटमा राखिएको ‘स्टेन्ट’ निकाल्न प्रधानमन्त्री शिक्षण अस्पतालमा गएका हुन् । मिर्गौला पुनः प्रत्यारोपणका क्रममा पेटभित्र राखिएको ‘स्टेन्ट’ निकाल्नका लागि चिकित्सकको सुझावअनुसार प्रधानमन्त्री अस्पतालमा गएका हुन् । केही फलोअप परीक्षण र स्टेन्ट निकालेपछि प्रधानमन्त्री निवासमा फर्किने प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
भारतमा कोरोनाभाइरसबाट थप १ को मृत्यु, ८२ जना संक्रमित
एजेन्सी । भारतमा कोरोनाभाइरसको संक्रमणबाट थप एकको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । राजधानी दिल्लीको पश्चिमी क्षेत्रमा कोरोना संक्रमित ६८ वर्षीया एक महिलाको ज्यान गएसँगै भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको हो । यसअघि गएको मंगलबार कर्नाटक, कालाबुर्गीका ७६ वर्षीय एक पुरुषको मृत्यु भएको […]
इटालीमा कोरोनाका कारण एकै दिन २५० जनाको मृत्यु, १७ हजार भन्दा बढी संक्रमित
काठमाडौं । इटालीमा कोरोनाभाइरसको संक्रमणबाट एकैदिन २ सय ५० जनाको मृत्यु भएको छ । एकैदिन २ सय ५० को मृत्यु भएपछि इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २ सय ६६ पुगेको छ । थप २५ सय ४७ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या १७ हजार ६६० पुगेको छ । उपचार गराइरहेका १४ हजार […]
प्रधानमन्त्री ओली आज साँझ डिस्चार्ज हुने
काठमाडौँ, ३० फागुन । मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज हुँदै छन् । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार ९आज० साँझ अस्पतालबाट डिस्चार्ज हुने भएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक प्रेम खड्गाका अनुसार मिर्गौला प्रत्यारोपणपछि अस्पतालमा आराम गरिरहेका प्रधानमन्त्री ओली डिस्चार्ज भएपछि बालुवाटार फर्कनेछन् । प्रधानमन्त्री […]
(कोभिड–१९) को सङ्क्रमण भित्रिन नदिन पाँच नाका बन्द, पाँचमा हेल्थ डेस्क
काठमाडौं, ३० फागुन । कोभिड–१९ को सङ्क्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका यहाँका पाँच नाका बन्द गरिएका छन् । पञ्चेश्वर ,शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न पाँच नाका बन्द गरिएका हुन् । डुङ्गाबाट आवतजावत हुने घाट तत्कालका आवतजावत बन्द गरिएको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले जानकारी दिए । बलरा, धरम, ढोया, कुस्मत र खैरेनी […]
गुल्मीमा २८९ जनामा एचआइभी संक्रमण
गुल्मी, ३० फागुन । गुल्मी जिल्लामा २८९ जनामा एचआइभी संक्रमित रहेको पाइएको छ । तीमध्ये सबैभन्दा बढी सत्यवती गाउँपालिकाका छन्। उक्त गाउँपालिकाका ५२ जनामा एचआइभीको संक्रमण देखिएको छ। यस्तै, रुरुक्षेत्र गाउँपालिकामा ३५, छत्रकोटमा २८, गुल्मीदरबारमा १६ जनामा एचआइभी संक्रमित रहेका छन्। इस्मामा १८, धुर्कोटमा २२, मालिकामा १५, मदानेमा १३, कालीगण्डकीमा चार, चन्द्रकोटमा २०, रेसुङ्गा नगरपालिकामा […]
कोभिड-१९ बारे जानकारी दिन सरकारले स्थापना गर्यो २४ घन्टे कल सेन्टर
काठमाडौं, ३०फागुन । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना (कोभिड १९) भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी महामारी घोषणा गरेसंगै कोरोना भाइरसबारे नागरिकलाई जानकारी गराउन सरकारले शुक्रबारबाट कल सेन्टर सञ्चालनमा ल्याउने भएको छ। रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेका अनुसार कोरोना भाइरसबारे नागरिकको चासो र गुनासो सुन्न यस्तो सेवा सुरू गर्न लागिएको हो। अब आजबाट […]
कोरोनाविरुद्ध सार्कको साझा रणनीति बनाउन मोदीको प्रस्ताव
काठमाडौँ, ३० फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्ध सार्कको साझा रणनीति बनाउन प्रस्ताव गरेका छन्। उनले संसारभर फैलिरहेको यो रोग सामना गर्नका लागि सार्क देशका नेतृत्वहरुले एउटा सशक्त रणनीति तय गर्न प्रस्ताव गरेका छन्। ‘हाम्रा नागरिकलाई स्वस्थ राख्नका लागि त्यसबारे हामी भिडियो कन्फ्रेन्समार्फत् छलफल गर्न सक्छौं,’ उनले ट्विटमार्फत् सो प्रस्ताव सार्वजनिक गरेका छन्। ‘संयुक्तरुपमा […]
कोरोना भाइरसको संक्रमणले भारतमा पहिलो मृत्यु
काठमाडौं, २९ फागुन । कोरोना भाइरसको संक्रमणले भारतमा पहिलो मृत्युको भएको घटना फेला परेको छ । भारतको कर्नाटका एकजना ७६ बर्षीय पुरुषको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतको कर्नाटका राज्यको कालाबुर्गीमा मंगलबार मृत्यु भएका वृद्धको भाइरसकै संक्रमणले मृत्यु भएको पुष्टि भएको छ । उनको मृत्यु कारण परीक्षण प्रतिवेदन बिहिबार मात्रै आएको थियो । […]











