इटलीमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या २ हजार ५ सय नाघ्यो

काठमाडौं, ५ चैत । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना (कोभिड-१९) भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी महामारी घोषणा गरेको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट पछिल्लो समय इटलीमा ज्यान जानेको संख्या २ हजार ५ सय नाघेको छ । इटलीमा बितेको २४ घण्टामा थप ३ सय ४६ कोरोना संक्रमितको ज्यान […]

विश्वभर (कोभिड-१९) संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ सय ७५ जनाको मृत्यु

काठमाडौँ, ५ चैत । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना (कोभिड -१९) भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी महामारी घोषणा गरेको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पछिल्लो समय युरोपेखि मुलुकहरुमा तीव्र गतिमा फैलिरहेको छ । अहिले चीनमा नयाँ संक्रमण लगभग शून्य जस्तै भएको छ । तर युरोपको इटाली र […]

(कोभिड–१९ ) को संक्रमण दक्षिण पूर्वी एसियामा फैलन सक्ने डब्लुएचओको चेतावनी

एजेन्सी, चिनबाट फैलिएको कोरोना भाइरसको संक्रमणलाई लिएर विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एसियाली देशका लागि कडा चेतावनी जारी गरेको छ । कोभिड–१९ को संक्रमण बिस्तार हुन नदिनका लागि गरिएका प्रयासहरुलाई तत्काल सघन र प्रभावकारी बनाउन नसकिए अवस्था भयावह हुने भन्दै डब्लुएचओले दक्षिण पूर्वी एसियाली देशलाई सचेत गराएको हो । संक्रमण तीव्र गतिमा बिस्तार हुँदै गएको […]

२९ वर्षीय वातावरणमन्त्री माइकललाई कोरोना संक्रमण: १५ मन्त्री क्‍वारेन्टाइनमा

बिबिसी,पोल्यान्ड सरकारका १५ जना मन्त्रीलाई क्‍वारेन्टाइनमा राखिएको छ । पोल्यान्डका २९ वर्षीय वातावरणमन्त्री माइकल वसलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि १५ जनालाई मन्त्रीलाई क्‍वारेन्टाइनमा राखिएको हो । प्रधानमन्त्री कार्यालयका प्रमुख माइकल डोरसिकका अनुसार मन्त्री बसलाई सोमबार कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । उनले आफूलाई अहिले सञ्‍चो भएको बताए । मन्त्रिपरिषद पछिल्लो बैठक मार्च १० […]

(कोभिड–१९)संक्रमित र आशंका गरिएका बिरामीलाई राख्न चितवनमा बन्ने भयो ७० शैय्याको अस्पताल

चितवन, ४ चैत । (कोभिड–१९) संक्रमण र आशंका गरिएका बिरामीलाई राख्न चितवनमा ७० शैय्याको अस्पताल अलग्गै बनाइने भएको छ । चितवनमा बन्दै गरेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा ७२ घण्टाभित्र यस्तो अस्पताल तयार गरिसक्ने चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।अस्पताल बनाउनका लागि गर्ने तयारीका बारेमा जिल्लाका विभिन्न संघसंस्था तथा अस्पतालहरुलाई जिम्मा दिइएको उनले बताए […]

कोरोनाको संक्रमणको आशंकामा भरतपुरमा भर्ना भएका चारै जनाको रिर्पोटमा नेगेटिभ

चितवन, ४ फागुन । भरतपुर अस्पतालमा कोरोनाको संक्रमण भएको आशंकामा भर्ना भएका चारै जनामा संक्रमण नदेखिएको बताइएको छ । पछिल्लो पटक भारत भ्रमण गरेर आएकी एक जना महिलामा बिरामी भएपछि भरतपुर अस्पतालले नमुना परीक्षण गर्दा आएको रिर्पोटमा नेगेटिभ देखिएको बताइएको छ । अस्पतालले यसअघि पनि तीनजना व्यक्तिको नमुना परीक्षणका लागि काठमाडौं पठाएको थियो । उनीहरुमा […]

कोरोना संक्रमणबाट विश्वभर ज्यान गुमाउने सात हजार १५७ पुग्यो

एजेन्सी, ४ चैत । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना (कोभिड- १९) भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी महामारी घोषणा गरेको छ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि कडा प्रतिबन्ध र अन्य प्रयासहरु भइरहँदा पनि युरोपेली देशहरुमा संक्रमण फैलने र ज्यान गुमाउनेको संख्या तीब्र रुपमा बढिरहेको छ । इटलीमा एकै दिन थप ३४९ जनाले ज्यान […]

दाँतको उपचारका लागि आएकि बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि हातपात

बुटवल, ३ चैत । दाँत दुखेर उपचारका लागि आएका बिरामीको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको छ। भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा बिरामीको मृत्यु भएपछि आफन्तले चिकित्सकमाथि हातपात गरेका छन् । मृतकका आफन्तले अस्पतालका चिकित्सक तथा कर्मचारीमाथि हातपात गरेको अस्पतालका व्यवस्थापक कमल ढकालले जानकारी दिए। ‘बिरामीको आफन्त हुँ भन्ने २५र२६ जनाको समूहले एकाएक […]

काठमाडौंका विभिन्न स्थानबाट ११ लाख थान माक्स बरामद

काठमाडौं, ३ चैत्र । विशेष सूचनालाई पछ्याउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंका विभिन्न स्थानमा छापा मारिएको हो । विशेष सूचनालाई पछ्याउँदा नेपाल प्रहरीले तीन दिनमै ठूलो सफलता हात पारेको छ । शनिबार यतामात्रै प्रहरीले तीन स्थानमा छापा मार्दा ११ लाख थान माक्स बरामद गरेको छ । सबैभन्दा ठूलो सफलता भने काठमाडौंको चन्द्रागिरि १० विष्णुदेवी करिब ८ […]

कोरोना भाइरसबिरुद्धको खोप पहिलो पटक आज मानवमा परीक्षण गरिदै

काठमाडौं ३ चैत । कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त भइरहँदा यसबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक आज मानवमा परीक्षण हुन लागेको छ। अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सीयाटलमा सुरु गर्न लागेको यो परीक्षण ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू परिचालित हुनेछन् । उक्त खोपमा वास्तविक कोरोनाभाइरसको कुनै अंश छैन । त्यसमा मेसिन्जर आरएनए  ‘आरएनए’ को […]