इटलीमा कोरोनाले एकै दिन ४७५, इरानमा १४७ जनाको मृत्यु

एनेन्सी, (कोभिड- १९) कोरोना भाइरसका कारण इटलीमा एकै दिन ४७५ जनाको मृत्यु भएको छ। बुधबार इटलीको लोम्बार्डीमा मात्रै ३ सय १९ जना र अन्य क्षेत्रमा १५६ जना गरी ४७५ जनाको मृत्यु भएको हो। इटलीमा ज्यान गुमाउनेको संख्या २ हजार ९ सय ७८ पुगेको छ। ४ हजार २५ जना उपचार पछि घर फर्किएका छन्। इटलीमा २८ हजार ७ सय १० जना संक्रमित छन्।

त्यस्तै इरानमा बुधबार १४७ जनाले ज्यान गुमाएका छन्। इरानमा हालस म्म ११ सय ३५ जनाले ज्यान गुमाएका छन्। उपचारपछि ५ हजार ७ सय १० जना उपचारपछि घर फर्किएका छन्। स्पेनमा बुधबार कोरोनाले १०५ जनाको मृत्यु भएको छ। स्पेनमा १ हजार ८१ जना उपचारपछि घर फर्किसकेका छन्। हालसम्म स्पेनमा १३ हजार ५० जना संक्रमित छन्। स्पेनमा हालसम्म ६३८ जनाले ज्यान गुमाएका छन्। त्यस्तै फ्रान्समा बुधबार ३३ जनाले ज्यान गुमाएका छन्।

Loading...