( कोभिड-१९) त्रास: प्रचण्डद्धारा आजदेखि दैनिक भेटघाट कार्यक्रम सबै बन्द

काठमाडौं, ६ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड ले आजदेखि दैनिक भेटघाट कार्यक्रम स्थगित गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण प्रचण्डले आजदेखि अत्यावश्यक अवस्था बाहेकका सबै भेटघाट अनिश्चित कालको लागि स्थगित गरेका छन् ।

अध्यक्ष प्रचण्ड अत्यावश्यकबाहेकका सबै भेटघाट बन्द गरिएको अध्यक्ष प्रचण्डको निजी सचिवालय प्रमुख समेत रहेकी छोरी गंगा दाहालले जानकारी दिइन् । ‘विश्वभर महामारीका रुपमा फैलिदै गएको कोरोना भाईरसका कारण अध्यक्ष कमरेड प्रचण्डद्वारा गरिने सम्पुर्ण भेटघाट अत्यावश्यक बाहेक हाललाई स्थगित गरिएको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।

Loading...