कोरोना भाईरस सँग जुध्नका लागि २१ बुँदे कार्यसूची तयार, दैनिक २ बजे मन्त्रालयमा रिपोर्टिङ गर्नुपर्ने

काठमाडौँ, ३ चैत । कोरोना भाईरस (कोभिड–१९)  सँग जुध्न स्थानीय तहका लागि २१ बुँदे कार्यसूची दैनिक २ बजे मन्त्रालयमा रिपोर्टिङ गर्नुपर्ने सरकारले आफूले गरिरहेका कामको सीडीओसँग समन्वय गरी प्रत्येक दिन दिउँसो २ बजे रिपोर्टिङ गर्न प्रमुख प्रशासकीय अधिकृतहरूलाई निर्देशन दिएको छ । सरकारले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम रोकथाम र नियन्त्रणका लागि […]

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना सङ्क्रमण देखिएन

US president Donald trump

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोनाभाइरसको सङ्क्रमण नदेखिएको अमेरिकी स्वास्थ्य अधिकारीहरुले बताएका छन् । राष्ट्रपति ट्रम्पले कोरोना सङ्क्रमित रहेका व्यक्ति संलग्न केही कार्यक्रममा सहभागी भएका कारण उनिमाथि पनि कोरोना सङ्क्रमण भएको आशंका गरिएको थियो । खासगरी कोरोना सङ्क्रमित ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो र उनको प्रतिनिधिमण्डलका सदस्यहरुको अमेरिकाको फ्लोरिडा भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पसँग भेटवार्ता भएपछि यस्तो शंका […]

भारतमा कोरोना संक्रमितको संख्या १०५ पुग्यो

काठमाडौँ, २ चैत । भारत, छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा फैलिरहेको छ । अहिलेसम्म १०५ जनामा संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जसमध्ये ११ जना बिरामी निको भएको छन् । कोरोना भाइरसको संक्रमणबाट भारतमा दुई जनाको मृत्यु भएको छ । कोरोनाको संक्रमण सबैभन्दा धेरै महाराष्ट्रमा देखिएको छ । दिल्लीमा कोरोनाका ७ […]

कोरोनाभाइरस महामारी नियन्त्रण गर्न स्पेनमा सङ्कटकाल, फ्रान्समा थप प्रतिबन्ध

युरोपका दुई ठूला राष्ट्र स्पेन र फ्रान्सले इटलीको अनुसरण गर्दै कोरोनाभाइरस महामारी अझ फैलिन नदिने उद्देश्यले आपत्कालीन प्रतिबन्धहरू लागु गरेका छन् । स्पेनले सर्वसाधारण नागरिकहरूलाई अत्यावश्यक सामग्री र औषधि किन्न वा काममा जाँदाबाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाएको छ । स्पेनमा अहिलेसम्म १९१ जनाको कोरोनाभाइरस सङ्क्रमण अर्थात् (कोभिडढ-१९ ) बाट मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य […]

कोरोना त्रास: सार्क राष्ट्रबीच भिडियो कन्फरेन्स हुदै

काठमाडौँ, २ चैत । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को संक्रमणलाई महामारी घोषित गरेपछि कोरोनाभाइरसको विरुद्ध सार्क राष्ट्रहरु एकजुट भएर लड्ने भएका छन् । कोरोनाभाइरसको महामारीविरुद्ध लड्न साझा रणनीति तयार गर्न आइतबार भारतीय समयअनुसार साँझ ५ बजे सार्क राष्ट्रहरुबीच भिडियो कन्फरेन्स हुने भएको हो । कोरोनाभाइरस विरुद्ध लड्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रबीच सहकार्य गर्ने […]

प्रत्यारोपणका क्रममा राखिएको ‘स्टेन्ट’ निकाल्न प्रधानमन्त्री शिक्षण अस्पतालमा

काठमाडौं, २ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार बिहानै पेटमा राखिएको ‘स्टेन्ट’ निकाल्न प्रधानमन्त्री शिक्षण अस्पतालमा गएका हुन् । मिर्गौला पुनः प्रत्यारोपणका क्रममा पेटभित्र राखिएको ‘स्टेन्ट’ निकाल्नका लागि चिकित्सकको सुझावअनुसार प्रधानमन्त्री अस्पतालमा गएका हुन् । केही फलोअप परीक्षण र स्टेन्ट निकालेपछि प्रधानमन्त्री निवासमा फर्किने प्रेस सल्लाहकार सूर्य थापाले बताए ।  

भारतमा कोरोनाभाइरसबाट थप १ को मृत्यु, ८२ जना संक्रमित

एजेन्सी । भारतमा कोरोनाभाइरसको संक्रमणबाट थप एकको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । राजधानी दिल्लीको पश्चिमी क्षेत्रमा कोरोना संक्रमित ६८ वर्षीया एक महिलाको ज्यान गएसँगै भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको हो । यसअघि गएको मंगलबार कर्नाटक, कालाबुर्गीका ७६ वर्षीय एक पुरुषको मृत्यु भएको […]

इटालीमा कोरोनाका कारण एकै दिन २५० जनाको मृत्यु, १७ हजार भन्दा बढी संक्रमित

काठमाडौं । इटालीमा कोरोनाभाइरसको संक्रमणबाट एकैदिन २ सय ५० जनाको मृत्यु भएको छ । एकैदिन २ सय ५० को मृत्यु भएपछि इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २ सय ६६ पुगेको छ । थप २५ सय ४७ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या १७ हजार ६६० पुगेको छ । उपचार गराइरहेका १४ हजार […]

प्रधानमन्त्री ओली आज साँझ डिस्चार्ज हुने

काठमाडौँ, ३० फागुन । मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्‍त्री केपी शर्मा ‍ओली डिस्चार्ज हुँदै छन् । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार ९आज० साँझ अस्पतालबाट डिस्चार्ज हुने भएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक प्रेम खड्गाका अनुसार मिर्गौला प्रत्यारोपणपछि अस्पतालमा आराम गरिरहेका प्रधानमन्त्री ओली डिस्चार्ज भएपछि बालुवाटार फर्कनेछन् । प्रधानमन्त्री […]

(कोभिड–१९) को सङ्क्रमण भित्रिन नदिन पाँच नाका बन्द, पाँचमा हेल्थ डेस्क

काठमाडौं, ३० फागुन । कोभिड–१९ को सङ्क्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका यहाँका पाँच नाका बन्द गरिएका छन् । पञ्चेश्वर ,शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न पाँच नाका बन्द गरिएका हुन् । डुङ्गाबाट आवतजावत हुने घाट तत्कालका आवतजावत बन्द गरिएको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले जानकारी दिए । बलरा, धरम, ढोया, कुस्मत र खैरेनी […]