भक्तपुर । देशका सरकारी क्यान्सर अस्पतालको ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने भएको छ । संघअन्तर्गतका भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा सम्भव नहुने ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट गराउन मन्त्रालयमा दुवै पक्षबीच सम्झौता सम्पन्न भएको हो । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेको क्यान्सर नमूना यसअघि नै प्रयोगशालाले परीक्षण […]
स्वास्थ्य
मन्त्री पौडेलको घोषणाः सबै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण उपकेन्द्र खोलिने
साउन २९, भक्तपुर स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने घोषणा गर्नुभएको छ। विश्व अङ्गदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अङ्गदान गर्नेहरुलाई सम्मान गर्दै, मन्त्री पौडेलले आफ्नो कार्ययोजनामा अङ्गदान केन्द्र स्थापनाको विषयलाई समेटिएको जानकारी दिनुभयो। उहाँले सातवटै प्रदेशमा केन्द्रको शाखाका रूपमा उपकेन्द्र सञ्चालन गर्ने योजना […]
कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्ष्यण ?
काठमाडौँ । कलेजो हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग मध्ये एक हो । कलेजोले रगतमा रासायनिक स्तरलाई सन्तुलनमा राख्न, खाना पचाउन पित्त नामक उत्पादन र शरीरबाट फोहोरहरू हटाउनको लागि राम्रोसँग काम गर्न आवश्यक छ । तर, जीवनशैली र खानपानमा अस्तव्यस्तताका कारण पछिल्लो दशकमा कलेजोको गम्भीर रोग र क्यान्सरका घटनाहरू तीव्र गतिमा बढ्दै गएका छन् । अध्ययन […]
आस्था महिला विद्यालयमा २ सय ४० जनाको नि:शुल्क स्वास्थ्य जाँच, ३८ जनाले गरे रक्तदान
भक्तपुरको मध्यपुर थिमि-३ स्थित आस्था महिला बैकल्पिक विद्यालयको आयोजनामा गरिएको स्वास्थ्य शिविरमा २ सय ४० जनाको नि:शुल्क स्वास्थ्य जाँच गरिएको छ भने सो अवसरमा ३८ जनाले रक्तदान गरेका छन् । शुक्रवार विद्यालय प्राङ्गणमा सम्पन्न स्वास्थ्य शिविरमा २ सय ४० जनाले नि:शुल्क स्वास्थ्य परीक्षण गराएका र ३८ जनाले रक्तदान गरेका विद्यालय व्यवस्थापन समितिका सदस्य एवं युवा […]
रगतको सही प्रयोगले अभाव कम गराउन सकिन्छ
डा विपिन नेपाल । रगत अभावको बारेमा हामीले बेलाबेलामा विभिन्न सञ्चार माध्याममा पढ्ने रसुन्नेगरेका छौँ।नेपालमा दैनिक हजारौँ व्यक्तिले रक्तदान गरेपनि बेलाबेलामा रगतको अभाव भएको खबरसुन्छौँ । रगतलाई सही प्रयोग गरेको खण्डमा रगतको अभाव केही हदसम्म कम गराउन सकिन्छ। नेपालमा हाल वार्षिक ३ लाख ५०हजार देखि ४लाख पिन्ट रगत आवश्यक हुने गरेको छ । एकातर्फ रक्तदान […]
पत्रकार महासंघ सर्लाहीको रक्तदानमा ७५ सहभागी, सिंहले गरे ५०औं पटक रक्तदान
प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको हरिवनमा नेपाल पत्रकार महासंघ सर्लाही शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा १३ जना पत्रकार सहित ७५ जनाले रक्तदान गरेका छन् । २०औं विश्व रक्तदाता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ सर्लाही शाखाले बिहीवार रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । हरिवन नगरपालिकाको आर्थिक तथा रक्तसंचार सेवा केन्द्र धनुषा र भैरवी दल गण […]
वायु प्रदूषण, असर र बच्ने उपाय
ग्रीष्म ऋतुको आगमनसँगै देशका विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको छ । जसका कारण भिजिविलिटी कम हुँदा कतिपय विमानस्थलमा हवाईजहाजको उडान समेत रोकिएको अवस्था छ । पछिल्लो समय अस्पतालहरूमा श्वासप्रश्वासका बिरामीहरूको चाप बढेको अनुभव भएको छ । हामीले प्रत्येक पटक श्वास लिँदा आधा लिटरजति हावा फोक्सो भित्र तानिरहेका हुन्छौँ १ […]
बेलायती सहयोगमा निर्मित भक्तपुर अस्पतालको सुविधासम्पन्न भवन उद्घाटन
काठमाडौं उपत्यकाकै दोश्रो जेठो अस्पताल भक्तपुर अस्पतालमा १८ करोडको सुविधासम्पन्न नयाँ भवन निर्माण गरिएको छ । बेलायत सरकारको आर्थिक अनुदानमा नवनिर्मित सो भवनको मंगलवार उद्घाटन समेत गरिएको हो । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र नेपालका लागि बेलायती राजदूत रब फेनले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मूल्याङ्कनमा ९८ […]
स्वास्थ्य संस्थामा सुत्केरी हुने आमालाई हरिवन नगरपालिकाको प्रोत्साहन भत्ता
प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाले आफ्नो नगरपालिका भित्र संस्थागत रुपमा सुत्केरी भएका आमालाई ४ हजार रुपैयाका दरले नगद भत्ता बितरण गरेको छ । आमाहरुलाई स्वास्थ्य संस्थामै सुत्केरी गराउन प्रोत्साहन गर्ने उदेश्यले नगद भत्ता वितरण गरिएको हो । बाल तथा मातृ मृत्युु दरलाई कम गराउने र स्वास्थ्य संस्थामै सुत्केरी गराउने बानीको बिकास गराउने उदेश्यले […]
क्षयरोग नियन्त्रणमा उत्कृष्ट काम गरेको हरिवनलाई राष्ट्रिय सम्मान
भक्ती रिजाल, सर्लाही । क्षयरोग मुक्त गर्न अभियान संचालन भइरहेका नगरपालिका मध्ये सर्लाहीको हरिवन नगरपालिका उत्कृष्ट घोषित भएको छ । कामको मुल्यांकनको आधारमा हरिवन देशकै उत्कृष्ट नगरपालिका घोषित भएको हो । विश्व क्षयरोग दिवस २०२४ को अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले हरिवन नगरपालिकालाई क्षयरोग निवारणमा उत्कृष्ट घोषित गर्दै सम्मान गरेको हरिवन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख […]