कोरोना भाईरस सँग जुध्नका लागि २१ बुँदे कार्यसूची तयार, दैनिक २ बजे मन्त्रालयमा रिपोर्टिङ गर्नुपर्ने

काठमाडौँ, ३ चैत । कोरोना भाईरस (कोभिड–१९)  सँग जुध्न स्थानीय तहका लागि २१ बुँदे कार्यसूची दैनिक २ बजे मन्त्रालयमा रिपोर्टिङ गर्नुपर्ने सरकारले आफूले गरिरहेका कामको सीडीओसँग समन्वय गरी प्रत्येक दिन दिउँसो २ बजे रिपोर्टिङ गर्न प्रमुख प्रशासकीय अधिकृतहरूलाई निर्देशन दिएको छ ।

सरकारले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम रोकथाम र नियन्त्रणका लागि भएगरेका कामको दैनिक रिपोर्टिङ गर्न स्थानीय तहहरूलाई अनुरोध गरेको छ । सँगै पूर्वतयारीको लागि स्थानीय तहले गर्नैपर्ने कामको सूची २१ वटा बुँदामा तयार पारिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशैभरका स्थानीय तहलाई पत्राचार गरेर(कोभिड–१९)  सँग जुध्न, सतर्कतासम्बन्धी कामको विवरण र केही समस्यासमेत भएमा प्रत्येक दिन २ बजे मन्त्रालयमा प्रतिवेदन पेश गर्न अनुरोध गरेको हो । आफूले गरिरहेका कामहरू र प्रतिवेदनका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गर्न प्रमुख प्रशासकीय अधिकृतहरूलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

जसमा विपद व्यवस्थापन समितको बैठक बसे नबसेको, विदेशबाट फर्किएका व्यक्तिहरूको निगरानी राख्ने संयन्त्र भएरनभएको, हेल्थ डेस्कको व्यवस्था, चेकजाँच गर्ने अस्पताल र ल्याब भएरनभएको, अन्तर्राराष्ट्रिय सीमा-नाकामा आवतजावत गर्ने व्यक्तिको विवरण राख्ने गरेकोरनगरिएको, सर्वसाधारणलाई जनचेतना जगाउने काम गरेरनगरेको विवरण रहेका छन् ।

Loading...