असिनापानीले चुटेर अर्घाखाँचीमा २ को मृत्यु, ६० करोड बराबरको हिउँदे अन्नबालीमा क्षति

अर्घाखाँची, ०३ चैत । गत शनिबार अविलरल वर्षासँगै परेको असिनापानीले चुटेर अर्घाखाँचीमा २ जनाको ज्यान गएको छ । भने ६० करोड बराबरको हिउँदे अन्नबालीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय अघाँर्खाचीले जनाएको छ ।

अघाँर्खाचीका भूमिकास्थान नगरपालिकामा गत शनिबार परेको असिनापानीका कारण दुई जनाको मृत्यु भएको छ । करोडौको अन्नबालीमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्र अघाँर्खालीले जनाएको छ ।

मृत्यु हुनेमा ३८ वर्षका सालिबहादुर वलाल र १० वर्षका विकास नेपालीलाई असिनाले चुटेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अघाँर्खाचीले जनाएको छ । साथै सितगंगा नगरपालिकाको वडा नं ३ ,४,५ र १२ नम्बरका किसानले लगाएको हिउँदे बालीलाई पनि सखाप पारेको सितगंगा नगरपालिका कृषि शाखाले जनाएको छ । ३ हजार घरधुरीले लगाएको ६० करोड भन्दा बढिको बाली क्षती भएको नगरपालिकाले जनाएको छ ।

Loading...