२९ वर्षीय वातावरणमन्त्री माइकललाई कोरोना संक्रमण: १५ मन्त्री क्‍वारेन्टाइनमा

बिबिसी,पोल्यान्ड सरकारका १५ जना मन्त्रीलाई क्‍वारेन्टाइनमा राखिएको छ । पोल्यान्डका २९ वर्षीय वातावरणमन्त्री माइकल वसलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि १५ जनालाई मन्त्रीलाई क्‍वारेन्टाइनमा राखिएको हो ।

प्रधानमन्त्री कार्यालयका प्रमुख माइकल डोरसिकका अनुसार मन्त्री बसलाई सोमबार कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । उनले आफूलाई अहिले सञ्‍चो भएको बताए । मन्त्रिपरिषद पछिल्लो बैठक मार्च १० मा बसेको थियो । डोरसिकका अनुसार २४ सदस्यीय मन्त्रिमण्डमध्ये बैठकमा प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीसहित ९ जना अनुपस्थित थिए ।

अन्य १५ जनालाई भने सोमबार कोरोना जाँच गरिएको र नतिजा आउन बाँकी रहेको छ । उनीहरुलाई अहिले क्‍वारेन्टाइनमा राखिएको छ । हालसम्म पोल्यान्डमा कोरोना संक्रमितको संख्या १७७ पुगेको छ भने चारजनाको मृत्यु भएको छ ।

Loading...