इटलीमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या २ हजार ५ सय नाघ्यो

काठमाडौं, ५ चैत । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना (कोभिड-१९) भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी महामारी घोषणा गरेको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट पछिल्लो समय इटलीमा ज्यान जानेको संख्या २ हजार ५ सय नाघेको छ ।

इटलीमा बितेको २४ घण्टामा थप ३ सय ४६ कोरोना संक्रमितको ज्यान गएको छ । यो एकै दिन भएको अहिलेसम्मकै उच्च मृत्यु हो । योसँगै इटलीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ५ सय ३ पुगेको छ ।

Loading...