पाल्पा रामपुरबाट ५ जना जुवाडे पक्राउ

पाल्पा, ५ चैत । पाल्पा जिल्लाको रामपुर नगरपालिका–७, डुम्रीगाउँस्थित यमबहादुर सारुको घरमा जुवा–तास खेलिरहेको सूचना प्राप्त गर्नासाथ ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी सहायक निरीक्षक श्रवणकुमार थापाको कमाण्डमा पुगेको टोलीले ४१ हजार ४ सय २२ रुपैयाँ नगद, ३ गड्डी तास सहित पाँच जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पक्राउ पर्नेमा घरधनी यमबहादुर सारु, सोही स्थानका रामबहादुर श्रेष्ठ, ओमबहादु मश्राङ्गी, झबिलाल विक, चेतबहादुर मल्ल छन् ।

Loading...