ईश्वरी भट्ट हुने भए अनेसास हिरो

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको उद्देश्यबमोजिम नेपाली भाषा र साहित्यको विस्तारमा उल्लेख्य योगदान पुर्याएवापत न्यूह्यामसायरका ईश्वरी भट्टलाई ‘अनेसास हिरो- २०२४ अर्पण गरिने भएको छ ।   अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा विहिवार बसेको बैठकले उक्त निर्णय गरेको हो ।   अनेसास न्यूह्यामसायरको स्थापना कालदेखिनै च्याप्टरमा सक्रिय रहेर अनुजलाई प्रोत्साहन , अग्रजलाई सम्मान गर्ने परम्पराको […]

२०२४ नयाँवर्षको दिन जिउँदा देवता आउने

कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानको प्रस्तुति तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरका अध्यक्ष एवं अनेसास केन्द्रीय सांस्कृतिक समितिका संयोजक महेश्वर पन्तको रचना तथा संगीत रहेको सांगीतिक लघु चलचित्र जिउँदा देवता अङ्ग्रेजी नयाँ वर्ष २०२४ का दिन अर्थात् यही सोमबारबाट प्रशारण हुने भएको छ । कलाकार तथा निर्देशक सरोज खनालद्वारा निर्देशित उक्त चलचित्रमा गौरी मल्ल, महेश्वर पन्त, […]

रमेश विकल स्मृति दिवसमा विभिन्न स्रष्टाहरू पुरस्कृत

स्रष्टा रमेश विकलको स्मृति दिवसमा विभिन्न स्रष्टाहरू पुरस्कृत भएका छन् । रमेश विकल साहित्य प्रतिष्ठानले स्रष्टाहरूलाई पुरस्कृत एवं सम्मानित गरेको हो । विकलको पुर्ख्यौली थलो आरुबारी, काठमाडौंमा आयोजित पन्ध्रौं ‘रमेश विकल स्मृति दिवस तथा पुरस्कार समर्पण समारोहमा पचास हजार राशिको रमेश विकल वाङ्मय पुरस्कार (२०८०) बाट प्रा.वासुदेव त्रिपाठी पुरस्कृत भएका छन् । उक्त अवसरमा रमेश […]

स्रष्टा तथा समाजसेवीहरूलाई अनेसास बोस्टनको सम्मान

१५ औँ देवकोटा जयन्तीका अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरद्वारा आयोजित साधारणसभा तथा स्रष्टा सम्मान समारोह संयुक्त राज्य अमेरिकास्थित बस्टनको नेपाली मन्दिरमा एक भव्य समारोहबीच सम्पन्न भयो। नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति कवि भूपाल राईको प्रमुख आतिथ्यमा भएको साधारणसभा तथा स्रष्टा सम्मान कार्यक्रममा साहित्यकारद्वय महेश्वर पन्तको “उडेका पैताला” र अनु शाहको कविता कृति “अनुराग”को […]

पर्वतमा साहित्यकार पन्तलाई सम्मान

पर्वत । लायन्स क्लव अन्तर्राष्ट्रय डिस्ड्रिक्ट ‘३२५ के’ पर्वत चौतारीको समन्वयमा त्यहाँ अवस्थित शिवालय, कुश्मा सिटी, ब्रिज सिटी, मोदीकाली, कालीगण्डकी लायन्स क्लवहरूसमेतले पुरानो पर्वत लायन्स क्लव जिल्ला ३२५ तथा हालको हिमालयन लायन्स क्लव अफ न्यूईगंलेन्ड डिस्ट्रिक्ट ३३ के, का संस्थापक अध्यक्ष लायन महेश्वर पन्तलाई एक समारोहबीच स्वागत तथा सम्मान गरेका छन् । उक्त समारोहमा नरवुड […]

फलेवासमा ‘उडेका पैताला’

maheshwar panta

सिर्जना र साहित्यका माध्यमबाट पर्यटन प्रवर्द्धनमा जोड दिने उद्देश्यका साथ कालीभक्त पन्त स्मृति प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय सांस्कृतिक समिति र अनेसास नेपाल च्याप्टरको आयोजनामा दुई दिने ‘पर्वत फलेवास पर्यटकीय संस्कृति एवं काव्ययात्रा’ सम्पन्न भएको छ । उक्त कार्यक्रममा अनेसास बोस्टन च्याप्टरका अध्यक्ष, तथा अनेसास केन्द्रीय संस्कृति समितिका संयोजक  साहित्यकार महेश्वर पन्तको कवितासङ्ग्रह “उडेको […]

अनेसास महासचिव विमला निरौला राष्ट्रिय सेवा सम्मानद्वारा सम्मानित

bimala niraula

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिका महासचिव विमला निरौलालाई राष्ट्रिय सेवा सम्मानद्वारा सम्मान गरिएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा भव्य कार्यक्रम आयोजना गरी चन्द्रलोक प्रतिष्ठानले उक्त सम्मान गरेको हो । पिता श्यामजी शर्मा ढुंगाना र माता शारदादेवी ढुंगानाको कोखबाट चितवन जिल्लामा जन्म लिएकी विमला निरौलाले नेपाली भाषाको विकास र स‌ंवर्धनमा लामो समयदेखि अनवरत रुपमा कलम चलाउँदै आएकी […]

अनेसास बालतारा-जापान कोरिया विशेष हुने

१५  असार २०८० । अन्तराष्ट्रिय नेपाली साहित्य समाज केन्द्र, बाल समितिको आयोजनामा बालतारा जापान कोरिया विशेष कार्यक्रम हुने भएको छ । वर्तमान अनेसासका महासचिव विमला निरौलाको परिकल्पनामा विगत दुई वर्षभन्दा अगाडिदेखि नै  “अनेसास बालतारा” कार्यक्रम निरन्तर रूपमा हुँदै आएको छ । भर्च्युअलमार्फत २०८० असार १६ गते तदनुसार जुलाई १, २०२३ शनिवारका दिन हुने उक्तकार्यक्रममा सोयुजा […]

गणतन्त्रको १५औ बर्षगाठको सन्देश । राजनितिक आवरणमा जस्तो अपराध गरे पनि उन्मुक्ति मिल्ने नजिर

किरण पौडेल  २०८० जेष्ठ १५ देशमा गणतन्त्र स्थापनाको १५ बर्ष । २०६५ जेष्ठ १५ मा बसेको पहिलो संविधानसभाको बैठकले देशमा राजतन्त्रको समाप्तिको घोषणा गर्दै देशमा गणतन्त्रको घोषणा भयो । उक्त घोषणाको लक्ष्य थियो , राज्यका सबै नागरिकलाई राज्यको नजरमा समान हुने । तर यतिका बर्षमा उच्च ओहोदामा रहेका भिआईपि र राजनितिक पहुच भएका ब्यक्तिहरुलाई गर्ने […]

अरनिको अन्तर्राष्ट्रिय पुरस्कार रुइवा उपन्यासका लागि चेतनाथ आचार्यलाई प्रदान

काठमाडौं, ४ बैशाख २०८० । गैरआवासीय नेपाली सङ्घ’को भाषा तथा साहित्य समितिले प्रदान गर्ने अरनिको अन्तर्राष्ट्रिय पुरस्कार रुइवा उपन्यासका लागि लेखक चेतनाथ आचार्यलाई प्रदान गरिएको छ । राष्ट्रपतिको कार्यालय, शीतलनिवासको सभाहलमा आइतवार विशेष कार्यक्रमका बीच  राष्ट्रपति रामचन्द्र पौडेलले उक्त पुरस्कार आचार्यलाई प्रदान गरेका छन् । गैरआवासीय नेपाली सङ्घको भाषा तथा साहित्य समितिले गैरआवासीय नेपाली साहित्यकारहरूद्वारा […]