काठमाडौं । जल तथा मौसम विज्ञान विभागमौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ।
मनसुनको न्यून चापीय रेखा आगामी केही दिन सरदर स्थानभन्दा उत्तर नेपालको तराई नजिक रहने देखिएकाले मधेश प्रदेश लगायत देशभर मनसुन थप सक्रिय हुने छ महाशाखाले जनाएको छ ।
महाशाखाले आज बिहान जारी गरेको मौसम पुर्वानुमा बुलेटिनमा उल्लेख गरे अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भईरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहने महाशाखाले उल्लेख गरेको छ । कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागका धेरै स्थानहरूमा तथा तराई भू(भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
रातमा भने देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू(भागका धेरै स्थानहरूमा तथा बाँकी तराई भू(भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको उल्लेख छ ।
आगामी २४ घण्टामा बागमती प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको र आगामी केही दिन मधेश प्रदेश लगायत देशभर मनसुन थप सक्रिय हुने देखिएकोले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन अनुरोध गरेको छ ।







