शहीद परिवारसँग अनैतिक सम्बन्धको आरोपमा कारबाहीमा परेकाले गलत प्रचार गरे : दाहाल

काठमाडौं । 
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं सिन्धुली क्षेत्र नम्बर २ का संघीय सांसद लेखनाथ दाहाल (राजन दाहाल) ले आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा गरिएको प्रचार भ्रामक भएको भन्दै गम्भीर आपत्ति जनाएका छन् । नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको असमझदारी केही दिनअघि सतहमा आएसंगै सांसद राजन दाहाल […]

आज पनि सुनको मुल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मुल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर १ लाख ९३ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि बिहिबार सुन तोलाको १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य […]

कोशी, लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेशमा मेघ गर्जनसहित  बर्षा हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागमौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ। मनसुनको न्यून चापीय रेखा आगामी केही दिन सरदर स्थानभन्दा उत्तर नेपालको तराई नजिक रहने देखिएकाले मधेश प्रदेश लगायत देशभर मनसुन थप सक्रिय हुने छ महाशाखाले जनाएको छ । […]

सुन्दरीजलमा बाढीले फसेका पाँच जनाको सेनाद्वारा उद्धार

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीजलको सुन्दरीमाई मन्दिर नजिकको खोलामा नुहाउने क्रममा बाढीले फसेका पाँच जनाको नेपाली सेनाले सकुशल उद्धार गरेको छ। आज बिहान करिब २:३० बजे एकासी खोलाको बहाव अचानक बढेपछि खोलाको बिच भागमा ४ जना भारतीय नागरिक र १ जना नेपाली फसेका थिए। सूचना प्राप्त भएपछि श्री चन्दननाथ गणबाट खटिएको नेपाली सेना टोलीले […]

सांसद दाहालद्धारा एमाले नेता योगेश भट्टराईको पछिल्लो अभिव्यक्तिको प्रतिवाद

काठमाडौँ  । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल (राजन दाहाल)ले नेकपा एमालेका सांसद योगेश भट्टराईको पछिल्लो अभिव्यक्तिको प्रतिवाद गरेका छन् । सांसद दाहालले सामाजिक सञ्जालमार्फत भट्टराईको पछिल्लो अभिव्यक्तिको प्रतिवाद गर्दै ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधान हटाउने प्रयासमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रत्यक्ष संलग्नता रहेको दाबी गरेका छन्। सांसद दाहालले आफ्नो सामाजिक संजााल फेसबुक […]

सुनकोशी मरिण डाइभर्सन आयोजना ढिला, निर्माण कम्पनीमाथि सांसद दाहालको आक्रोश

सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनमा ढिलाइ भएको भन्दै प्रतिनिधिसभा सदस्य तथा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का नेता लेखनाथ दाहाल (राजन दाहाल) ले कडा आलोचना गरेका छन्। एक वर्षअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुको उपस्थितिमा टनेल ब्रेक थ्रु सम्पन्न भएको स्मरण गराउँदै उनले त्यसयता अहिलेसम्म परियोजनामा खासै प्रगति नभएको प्रति आक्रोश पोखेका […]

हेटौँडाबाट काठमाडौं आउँदै गरेको माइक्रोबस रातमाटेमा दुर्घटना

काठमाडौ । हेटौँडाबाट काठमाडौं आउँदै गरेको माइक्रोबस दुर्घटना हुँदा पाँच जना घाइेत भएका छन् । म,प्र,०३–००१ ज ०५५१ नम्बरको माइक्रोबस मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२, रातमाटेमा दुर्घटनामा परेको मकवानपुर प्रहरी प्रमुख एसपी विश्व खड्काले जानकारी दिए । उनका अनुसार, घाइते पाँचमध्ये तीनजनाको अवस्था गम्भीर छ । एसपी खड्काले बस घुम्तीबाट तल खसेको जानकारी दिए ।