काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मुल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर १ लाख ९३ हजार १ सयमा कारोबार भइरहेको छ ।
यसअघि बिहिबार सुन तोलाको १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
तोलामा ३५ रुपैयाँले घटेर चाँदी २ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

