हेटौँडाबाट काठमाडौं आउँदै गरेको माइक्रोबस रातमाटेमा दुर्घटना

काठमाडौ । हेटौँडाबाट काठमाडौं आउँदै गरेको माइक्रोबस दुर्घटना हुँदा पाँच जना घाइेत भएका छन् । म,प्र,०३–००१ ज ०५५१ नम्बरको माइक्रोबस मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२, रातमाटेमा दुर्घटनामा परेको मकवानपुर प्रहरी प्रमुख एसपी विश्व खड्काले जानकारी दिए ।

उनका अनुसार, घाइते पाँचमध्ये तीनजनाको अवस्था गम्भीर छ ।

एसपी खड्काले बस घुम्तीबाट तल खसेको जानकारी दिए ।