दल नेतामा बहादुरसिंह अल्पमतमा, बानियाँलाई मुख्यमन्त्री बन्ने ढोका खुला

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता बहादुर सिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव पारित भएको छ। गत ९ गते पेश गरिएको सो प्रस्तावलाई प्रदेश सभा संसदीय दलको विधान अनुसार मंगलबार बसेको बैठकमा अन्तिम निर्णय लिइएको हो। बैठकमा नेपाली कांग्रेस केन्द्रीय पर्यवेक्षक राजेन्द्रकुमार के.सी.को उपस्थितिमा अविश्वास प्रस्तावमाथि मतदान भएको थियो। कुल ३७ […]

कांग्रेसका दुई सांसदले फिर्ता लिए लामाविरूद्धको अविश्वास प्रस्ताव

हेटौंडा । बागमती प्रदेश सभाका दुई सांसदले मुख्यमन्त्री बहादुर सिंह लामाविरूद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका छन् । कांग्रेस सांसदहरू माया श्रेष्ठ र मिना पराजुलीले जानकारी नै नगराई आफूहरुलाई हस्ताक्षर गराइएको भन्दै अविश्वास प्रस्ताव फिर्ता लिएको जानकारी गराएका छन् । ‘अविश्वासको प्रस्तावमा हामीसमेतको हस्ताक्षर संकलन गरिएकोमा हामीलाई सो अविश्वासको प्रस्तावको विषयमा जानकारी नै नगराई हस्ताक्षर गराइएकोमा […]

सिन्धुलीको हायु परिवार फेला, सामाजिक सञ्जालभरि ‘रेला’!

सिन्धुली । चार दिनदेखि बेपत्ता रहेका सिन्धुलीको गोलन्जोर-६ स्थित दुर्गम गाउँका हायु परिवार सम्पर्कमा आएका छन् । १६ जना सदस्यसहितको  एकै परिवार बेपत्ता बनेको खबरले सोमबार देशभर सनसनी मच्चिएको थियो । उनीहरू पोखरामा सकुशल फेला परेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पुष्ठि गरेको छ । कास्कीको पोखरा महानगरपालिका–३० गगनगौंडास्थित दुई स्थानीयको घरमा उनीहरू फेला परेका बताइएको […]

कुलमानलाई ग्लोबल हिरो अवार्ड

काठमाडौ । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई अमेरिकाको न्यूयोर्कमा आयोजित एक विशेष समारोहमा ’ग्लोबल हिरो अवार्ड’ प्रदान गरिएको छ। प्रवासी नेपालीहरूको संस्था ‘हामी नेपाली ग्लोबल’ले उनलाई यो सम्मान प्रदान गरेको हो। ऊर्जाको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका घिसिङ हाल अमेरिका, बेलायत र युरोपका विभिन्न देशको भ्रमणमा रहेका छन्। प्रवासमा रहेका नेपाली समुदायका विभिन्न […]

सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल

काठमाडौँ । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल सिफारिस भएका छन्। न्याय परिषदले सोमबार पौडेललाई मुख्य रजिस्ट्रार सिफारिस गरेको न्यायपरिषद्का सहसचिव एवम् प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिए। यसअघिका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल आइतबारदेखि ५८ वर्षे उमेर हदका कारण अवकाशमा गएका थिए। न्याय परिषद्ले उनको ठाउँमा पौडेललाई सिफारिस गरेको हो। पौडेल अहिले सर्वोच्चमा रजिस्ट्रार छन्। न्याय परिषदले […]

तीन वर्षे बालकले पत्ता लगाएका करोडौंको खजाना

काठमाडौं, १२ साउन । तपाईंले यस्ता धेरै कथाहरू सुन्नु भएको होला, जहाँ मानिसहरूले जमिनमुनि पैसा गाडिएको पाउँछन्। यी यस्ता खजाना हुन्, जसलाई कसैले गाड्यो र भुलेर फर्केर आउन सक्दैन्। धेरै मानिसहरू मेटल डिटेक्टरहरूको मद्दतले तिनीहरूलाई खोजिरहन्छन्। इंग्ल्याण्डमा एक तीन वर्षको बच्चाले आफ्नो बुबासँग मैदानमा उपस्थित हुँदा एउटा यस्तो खजाना फेला परेको छ । एउटा सानो […]

कांग्रेसभित्र एआई बहस, के भन्छन् सभापति देउवा?

sher bahadur deuba

ललितपुर । सूचना प्रविधिको द्रुत विकाससँगै कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग दिनानुदिन बढ्दो छ। विश्वका सात अर्ब जनसंख्यामध्ये धेरैको जीवनशैलीमा यसको प्रभाव स्पष्ट देखिन थालेको छ। यही सन्दर्भमा नेपाली कांग्रेसले प्रविधिमैत्री राजनीतिक अभ्यासको संकेत दिँदै ‘नेपालको विकासका लागि कृतिम बौद्धिकता समग्र विश्लेषण’ शीर्षकमा केन्द्रीय कार्यालय सानेपाबाट एआई बहसको श्रृङ्खला आरम्भ गरेको छ। कार्यक्रमको विशेषता – […]

आफूहरूलाई कार्वाही गर्न आइजीसंग ट्रक ब्यवसायीकै आग्रह

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सवारी साधनमा अत्यधिक भारवहन (ओभरलोड) नियन्त्रण गर्नका लागि ट्राफिक प्रहरी र नेपाल प्रहरीलाई प्रभावकारी निर्देशन दिन आग्रह गरेको छ। महासंघका अध्यक्ष हिरालाल श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रहरी महानिरीक्षक दिपक थापासँग भेट गर्दै ज्ञापनपत्र बुझाएको हो। महासंघका महासचिव राजेन्द्र बिक्रम बाँनियाँका अनुसार सवारी तथा यातायातसम्बन्धी ऐन, नियम र […]

श्रीमतीको ज्यान लिएको आरोपमा श्रीमान पक्राउ

सुर्खेत । आफ्नै श्रीमती ४० वर्षीया रबिना ठाडा मगरको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका–१३ सुगर खोला बस्ने ४२ वर्षीय दानसिंह ठाडा मगरलाई गए राति प्रहरीले पक्राउ गरेको हो । दानसिंहले काठ प्रहार गर्दा रबिनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट कहरेखोला समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ […]

शंखधर चोक–दक्षिण बाराही मन्दिर मार्गमा ट्राफिक संकेत स्थापना

भक्तपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय भक्तपुर र मध्यपुर थिमि नगरपालिकाको सहकार्यमा मध्यपुर थिमिको शंखधर चोकदेखि दक्षिण बाराही मन्दिरतर्फ जाने मार्ग अन्तर्गत हनुमन्ते खोलाको पुल क्षेत्रमाचार पाङ्ग्रे सवारी साधनलाई एकतर्फी रुट व्यवस्था लागू गर्दै ट्राफिक संकेत बोर्डहरू राखिएको छ। त्यस्तै, थिमिको शंखधर चोकबाट ब्यारीला हुँदै बालकोट नयाँ बस्ती जाने बाटो साँघुरो भएकाले उक्त सडकलाई समेत […]