ज्यान लिएर फरार पिकअप र चालक पक्राउ

बारा । रौतहटमा ठक्कर दिएर भागेको पिकअप गाडी र चालकलाई प्रहरीले बारा पथलैयामा नियन्त्रणमा लिएको छ। ठक्करबाट नेपाल प्रहरीका एकजना पूर्व असईको मृत्यु भएको छ। दिउँसो सवा ३ बजे प्रहरी चौकी पथलैयाको टोलीले को २ च ३२६३ नम्बरको पिकअप गाडी र  फरार चालकलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका चालक  मोरङ, सुन्दरहरैचा नगरपालिका–७, गोठगाउँ टोल निवासी ईन्द्र […]

मिडिया काउन्सिल विधेयकमा प्रेस सेन्टरको विरोध, संशोधन नभए आन्दोलन गर्ने चेतावनी

काठमाडौं । क्रान्तिकारी पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालले प्रतिनिधिसभामा विचाराधीन रहेको मिडिया काउन्सिलसम्बन्धी विधेयकप्रति गम्भीर आपत्ति जनाउँदै उक्त विधेयक प्रेस स्वतन्त्रता विरोधी भएको जनाएको छ। महासचिव मनोज घर्तीमगरद्वारा जारी विज्ञप्तिमा विधेयकका केही प्रावधानहरू प्रेस स्वतन्त्रताको मर्मविपरीत रहेको भन्दै सच्याउन आग्रह गरिएको छ। साथै, पदाधिकारी नियुक्ति प्रक्रियादेखि पत्रपत्रिका वर्गीकरण, प्रेस प्रतिनिधि परिचय पत्र वितरण र संरचनागत […]

सालको रुख ढल्दा दुईको निधन, तीन बालबालिका घाइते

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा शुक्रबार दिउँसो अचानक आएको हावाहुरीसहितको मुसलधारे वर्षाले ठूलो दुर्घटना निम्त्याएको छ। वर्षाबाट जोगिन नजिकैको गोठमा आश्रय लिएका किशोर–किशोरी तथा बालबालिकामाथि सालको रुख ढल्दा दुई जनाको घटनास्थलमै ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा ९ वर्षीय सार्की थिङ र १६ वर्षीय सन्ता गोले रहेको प्रहरीले […]

चाँगुनारायणमा पहिलो राष्ट्रिय कोदो दिवस, पाँच पत्रकार पुरस्कृत

भक्तपुर । नेपालमा पहिलोपटक राष्ट्रिय रूपमा मनाइएको ‘कोदो दिवस–२०८२’ भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीमा भव्य रूपमा सम्पन्न भएको छ । कोदोको महत्त्वलाई राष्ट्रियस्तरमा स्थापित गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवस का रूपमा घोषणा गरेसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालय, चाँगुनारायण नगरपालिका, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ), राष्ट्रिय […]

महावतार नरसिंहाबाट उत्साहित निर्माताले बिष्णुका दशै अवतार चलचित्रमा उतार्ने

काठमाडौ । भारतीय साउथ सिनेमाको चर्चित प्रोडक्सन हाउस होम्बल फिल्म्सको पछिल्लो फिल्म ‘महावतार नरसिंहा’ ले मानिसहरुलाई आकर्षित गरिरहेको छ । एनिमेटेड पौराणिक फिल्मले आफ्नो उत्कृष्ट कथाले सबैको मन जितेको छ । दर्शकको सकारात्मक प्रतिक्रियापछि निर्माताले एक–दुईवटा मात्र नभई २०३७ सम्मको योजना सार्बजनिक गरेका छन । यति मात्र होइन फिल्मले बक्स अफिसमा पनि राम्रो कमाई गरिरहेको […]

दरमखोला हाईड्रोको आईपीओ सर्वसाधारणका लागि खुला

IPO

काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले आज (साउन १५ गते) देखि सर्वसाधारणका लागि आफ्नो आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) खुला गरेको छ। कम्पनीले यस चरणमा २९ लाख १९ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन गर्दैछ। यसअघि, कम्पनीले जेठ २० गते नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट कुल ३९ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने स्वीकृति […]

आज साउन पन्ध्र अर्थात् खीर खाने दिन, यस्ता छन् खीर खानुका फाइदा

काठमाडौं । नेपाली समाजमा साउन १५ एक विशेष सांस्कृतिक दिनका रूपमा मनाइन्छ। वर्षात्‌को मध्यमा पर्ने यो दिन घर–घरमा खीर पकाइन्छ, अन्न, दूध र प्रकृतिप्रति आभार प्रकट गरिन्छ, र आपसमा रमाइलो गर्दै थपिथपि खाइन्छ ।  साउन १५ मा खीर पकाएर खाने चलन प्राचीन कालदेखि नै रहिआएको जनविश्वास छ । साउन १५ ताका रोपाइँ कार्य लगभग सकिन्छ, र […]

महोत्तरी र सर्लाही सम्पर्क समितिका पदाधिकारीलाई प्रमाणपत्र, प्रचण्ड भन्छन्- अर्को अभियान’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को सर्लाही–-काठमाडौं एवं महोत्तरी–काठमाडौ सम्पर्क समन्वय समितिको अधिवेशनबाट नव निर्वाचित पदाधिकारीहरूलाई बुधबार प्रमाणपत्र वितरण गरिएको छ। प्रमुख अतिथिका रूपमा उपस्थित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरेका छन् । सो अवसरमा अध्यक्ष प्रचण्डले मधेसमा पार्टीको बलियो जनाधार भएपनि जनाधारलाई मतमा […]

पाँचजना पत्रकारलाई एक परिवार मानी स्वास्थ बीमामा समाबेश गरिने

भक्तपुर । नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिका कोषाध्यक्ष एवं स्वास्थ्य हित प्रवर्द्धन समितिका संयोजक संजीप घिमिरे शुभचिन्तकले पत्रकारको स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापामगर र सचिव डा सुमित्रा गौतमसंग भेटवार्ता गरेका छन् । भक्तपुरमा भएको भेटवार्तामा संयोजक घिमिरेले बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ल्याएको पत्रकार स्वास्थ्य बीमा कार्यक्रम प्रति […]

आज देशका यी नदीमा छ आकस्मिक बाढीको जोखिम उच्च

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। यसले गर्दा देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, […]