भक्तपुरमा निसान गाडीको ठक्करबाट सिन्धुपाल्चोकका एक युवकको निधन

भक्तपुर । भनपा-९ ब्रह्मायणी चाेकमा निसान गाडीको ठक्करबाट एक युवकको ज्यान गएको छ ।

ज्यान गुमाउने युवक सिन्धुपाल्चोकको बाह्रविसे-८ स्थायी घर भई हाल  भनपा-९ ब्रह्मायणी बस्ने वर्ष ३४ सुनिल कार्की रहेका छन् ।

करिब सबा ४ बजे बा.प्र.०१-००६ ख ६६८४ नं. को निशान गाडीले हिँडिरहेको अवस्थामा उनलाई ठक्कर दिएको एक प्रत्यक्षदर्शीले बताएका छन् । उनलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा करिब साढे ४ बजेको समयमा अस्पतालले उनलाई मृत घोषित  गरेको हो ।

सवारी चालक फरार रहेको तथा सवारी साधन प्रहरी वृत जगातीको नियन्त्रणमा रहेको बताइएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी माधव बुढाथोकीले फरार चालकको खोजी भइरहेको बताएका छन् । घटनाको अनुसन्धान भइरहेको उनको भनाइ छ ।