सम्भावना होइन, पहिचान बन्दै चाँगुनारायणमा एभोकाडो सिटी अभियान- प्रचण्डले समापन गर्ने

changunarayan city avocardo city
changunarayan city avocardo city

भक्तपुर । चाँगुनारायण नगरपालिकामा ‘एभोकाडो सिटी’ को सपना साकार बन्दै गएको छ। ‘एक घर, दुई बोट एभोकाडो’ नारासहित सुरु गरिएको ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान अहिले आफ्नो तेस्रो तथा अन्तिम वर्षमा थप सक्रियताले सफलतातर्फ अघि बढिरहेको हो ।

तेस्रो चरणको वृक्षारोपण कार्यक्रम चाँगुनारायण–८ चरेलीबाट शुरु भएको थियो । यस क्रममा अघिल्लो वर्ष एभोकाडो बिरुवा नपाएका वडा नं. १, २, ६, ७ र ८ का स्थानीयलाई निःशुल्क बिरुवा वितरण गरिएको संयोजक नरेश खड्काले जानकारी दिएका छन्।

changunarayan city avocardo city
changunarayan city avocardo city

अभियन्ता दिनेश खनालका अनुसार अघिल्लो दुई वर्षमा १८ हजार ३ सय एभोकाडोका बिरुवा रोपिएका थिए भने यो वर्ष थप ३ हजार बिरुवा वितरण एवं रोपण भइसकेका छन्।

हालसम्म नगरका १० हजार बढी घरपरिवारमा दुई-दुईवटा एभोकाडोका बिरुवा पुर्‍याइएको उनले बताए। 

changunarayan city avocardo city

नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ८ का वडाध्यक्ष जनक खत्रीका अनुसार यो अभियान बौद्धिक नेता डिपी ढकालको परिकल्पना थियो, जसले चाँगुनारायणलाई बहुगुणी फल एभोकाडोको शहर बनाउने लक्ष्य लिएको छ । 

changunarayan city avocardo city
changunarayan city avocardo city

वडा नम्बर ७ का वडाध्यक्ष श्यामकाजी नयाँजूले यो अभियान भविष्यमा स्थानीयले आम्दानी गर्न सक्ने सजिलो श्रोतकोरूपमा विकास भइरहेको बताए।

Janak khatri

वडा नम्बर ६ नगरकोट क्षेत्रका वडाध्यक्ष धनबहादुर लामाले अभियानले नगरलाई नयाँ पहिचान दिलाएको र पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

changunarayan city avocardo city

वडा २ का वडाध्यक्ष सोमप्रसाद प्रधानले अभियानले हरियाली मात्र नभई पर्यावरण संरक्षणमा पनि योगदान पुर्‍याएको बताए।

वडा १ का वडाध्यक्ष सिजन कार्कीले भने अभियानलाई ‘आर्थिक क्रान्ति’ को संज्ञा दिएका छन् ।

Sijan karki
Sijan karki

चाँगुनारायण नगरपालिकाका वर्तमान जनप्रतिनिधि मात्र होइन, पूर्व जनप्रतिनिधिहरुपनि अभियानबाट उत्साहित छन् । पूर्व मेयर सोमप्रसाद मिश्र र उपमेयर बिना बास्तोला लगायतले पनि अभियानप्रति ऐक्यबद्धता प्रकट गरेका छन्।

परिकल्पनाकार डिपी ढकालले एभोकाडोमार्फत नगरका प्रत्येक घरमा वार्षिक २० देखि ५० हजार रुपैयाँसम्म आम्दानी हुने दाबी गरेका छन्।

“हाम्रो अभियानले चाँगुनारायणबासीलाई वार्षिक ४ करोड रुपैयाँ कमाउने सम्भावना दिलाएको छ,” ढकालले भने।

Dp dhakal
Dp dhakal

उनले उत्पादित एभोकाडो उचित मूल्यमा खरिद गरिदिने विषयमा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षसहित सहभागी ‘वृद्धि समूह’ले आश्वासन दिएको समेत खुलाए।

स्थानीय सुन्दर खनालले पहिलो वर्ष रोपिएको एभोकाडोले फल दिन थालेको बताउँदै अभियानको सफलताप्रति खुसी व्यक्त गरे । अभियन्ता चण्डीका लामिछानेले एभोकाडोका प्रत्येक बिरुवाले समृद्ध चाँगुनारायणको सपना बोकेको बताइन्।

changunarayan city avocardo city
changunarayan city avocardo city

युवा नेता सुदिप तिमल्सिनाले परिकल्पनाकार डिपी ढकालको सोच र त्यसमा युवाहरुको सक्रियता नै अभियानको मूल शक्तिका रूपमा रहेको उल्लेख गरे ।

एभोकाडो सिटी अब सम्भावना होइन, पहिचान बन्न थालेको छ।
हरियालीसंगै समृद्धि तर्फको नागरिक अभियानको सफल उदाहरणको रुपमा चाँगुनारायण नगर उदाएको अभियन्ता रामकुमार तामाङ बताउँछन् ।

तीन वर्षे यो ऐतिहासिक अभियान साउन ३० गते पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा विशेष समारोहका बीच समापन गरिने अभियानका प्रवक्ता संजीप घिमिरे शुभचिन्तकले जानकारी दिएका छन् ।

changunarayan city avocardo city
changunarayan city avocardo city