भक्तपुर । मिर्गौलामा पथ्थरी भएकाले भक्तपुर अस्पताल भर्ना भएका बागमती प्रदेश सभाका सदस्य देवेन्द्र श्रेष्ठ दिवाकर आइतबार डिस्चार्ज भएका छन् । शुक्रवार उनको मिर्गौलामा रहेको पथ्थरी निकालिएको र स्वास्थ्य अवस्था सामान्य भएसंगै आइतबार उनलाई डिस्चार्ज गरिएको अस्पतालका निमित्त निर्देशक डा सुरेन्द्र भट्टले बताए । युरोलोजिष्ट डा सुरोज गिरी नेतृत्वको टोलीले शुक्रवार सांसद श्रेष्ठको सफल शल्यक्रिया […]
मुख्य विशेष
वर्ल्ड यूथ सभात च्याम्पियनशिपमा नेपाल प्रतिनिधि त्वायनाले पाए रजत पदक
उज्बेकिस्तान । जुलाई २३ देखि २७ सम्म उज्बेकिस्तानको ताशकेंट शहरमा सम्पन्न ‘वर्ल्ड यूथ सभात च्याम्पियनशिप प्रतियोगिता’मा नेपालको प्रतिनिधित्व गरेका बसील त्वायनाले ऐतिहासिक सफलता प्राप्त गर्दै रजत पदक जित्न सफल भएका छन्। ८५ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका बसीलले प्रतियोगिताको दोस्रो दिन लिग चरणको खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । पहिलो खेलमा आयोजक देश उज्बेकिस्तानका खेलाडी […]
अख्तियारको एक वर्ष: ३७ हजार उजुरी, २२ स्टिङ अपरेसनबाट ३३ रंगेहात पक्राउ
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) का लागि भ्रष्टाचारविरुद्धको कडा र व्यस्त अभियानको रूपमा चिनिएको छ। आयोगले एक वर्षभित्र झन्डै ३७ हजार उजुरीको अध्ययन, छानबिन तथा कारबाही अघि बढाएको छ। त्यसै आधारमा १३७ वटा भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरिँदा करिब ६ अर्ब रुपैयाँ बराबरको बिगो माग गरिएको छ। उजुरी व्यवस्थापन […]
महाभारतकी गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार
काभ्रे । महाभारत–७ निवासी जयमान घलानकी श्रीमती देव कुमारीलाई बनखु स्वास्थ्य चौकीले सुत्केरी गराउन असमर्थ भएपछि राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत निःशुल्क उद्धार गरि काठमाडौ रिफर गरिएको छ। उनलाई गाउँपालिकाको पहलमा राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत उद्धार गरिएको हो। गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले नेपाली सेनाको हेलिकप्टरबाट देवकुमारीलाई काठमाडौं रिफर गरिएको जानकारी दिए । […]
मधेश प्रदेशलाई राजपत्र प्रकाशन गरी घोषणा गरियो ‘संकटग्रस्त क्षेत्र’
सप्तरी । खानेपानी र सिंचाइ समस्या भोगिरहेको मधेश प्रदेशलाई नेपाल सरकारले तीन महिनाका लागि “विपद् संकटग्रस्त क्षेत्र” घोषणा गरेको छ। उक्त निर्णय बुधबार बसेको मन्त्रिपरिषद बैठकबाट पारित भई बिहीबार राजपत्रमा प्रकाशित भएसँगै औपचारिक रूपमा लागू भएको हो। गृह मन्त्रालयका निमित्त सचिव जयनारायण आचार्यका अनुसार, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को […]
विद्युतीय मोटरले लियो मुखियाको ज्यान
रौतहट । रौतहट जिल्लाको माधव नारायण नगरपालिका–४ बिसनपुरवा मानपुरमा बुधवार बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। स्थानीय ४० वर्षीय रामबाबु मुखियाको सिचाइको लागि प्रयोग गरिएको मोटरमा विद्युत् प्रवाह भई करेन्ट गम्भीर घाइते भई प्रादेशिक अस्पताल गौरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। आज बिहान करिब ७ः०० बजे आफ्नै खेतमा सिंचाइ गर्नका लागि मोटर […]
भ्रष्टाचार आरोप लगाएकै आधारमा कार्वाही हुदैन : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई स्वदेशमै रोक्ने गरी रोजगारी सिर्जना गर्नु र संक्रमणकालीन न्यायका बाँकी कामलाई टुंगोमा पुर्याउनु सरकारको उच्च प्राथमिकता रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद्हरूको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले सरकारले सन् २०८२ देखि २०९२ सम्मलाई ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ घोषणा गरेको उल्लेख गर्दै वैदेशिक रोजगारीबाट फर्किएकाहरूको पुँजी, सीप र […]
गर्मीमा कहाँ गायब हुन्छन् चिनियाँ राष्ट्रपति
न्यूजकारखाना, बेइजिङ । हरेक जुलाइ वा अगस्टमा चिनियाँ राष्ट्रपति सी जिनपिङ एकाएक गायब हुन्छन, उनी कुनै पनि फोरम वा कार्यक्रममा देखिदैनन् । यो रहस्यका बारेमा कमैलाई थाहा होला, आज हामी यसबारेमा जानकारी दिनेछौं । यो अगष्टमा पनि राष्ट्रपति सि हराउँदैछन् र उनी राजधानी बेइजिङबाट केही समयका लागि बेपत्ता हुदैँछन, यसरी बेपत्ता हुदाँ हरेक बर्ष झै […]
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबारदेखि सुरु भएको बैठक आज समापन गर्ने तयारी छ । बैठकमा केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा राखिरहेका छन् । बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन-तीन मिनेट बोल्ने समय दिइएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी प्रवेशको विषयलाई केन्द्रीय सदस्यहरूले प्राथमिकता दिँदै […]
एसपीमा बढुवाको लागि ११ डिएसपीको सिफारिस
काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (डीएसपी) पदमा बढुवाको लागि सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले डीएसपीहरूलाई प्रहरी उपरीक्षकमा बढुवा गर्न सिफारिस गरेको हो। समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले जारी गरेको विज्ञप्तिअनुसार बढुवाका लागि सिफारिसमा परेका प्रहरी अधिकृतहरूमा अनिलकुमार खड्का, महेश […]











