मिडिया काउन्सिल विधेयकमा प्रेस सेन्टरको विरोध, संशोधन नभए आन्दोलन गर्ने चेतावनी

काठमाडौं । क्रान्तिकारी पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालले प्रतिनिधिसभामा विचाराधीन रहेको मिडिया काउन्सिलसम्बन्धी विधेयकप्रति गम्भीर आपत्ति जनाउँदै उक्त विधेयक प्रेस स्वतन्त्रता विरोधी भएको जनाएको छ।

महासचिव मनोज घर्तीमगरद्वारा जारी विज्ञप्तिमा विधेयकका केही प्रावधानहरू प्रेस स्वतन्त्रताको मर्मविपरीत रहेको भन्दै सच्याउन आग्रह गरिएको छ।

साथै, पदाधिकारी नियुक्ति प्रक्रियादेखि पत्रपत्रिका वर्गीकरण, प्रेस प्रतिनिधि परिचय पत्र वितरण र संरचनागत विषयमा संशोधन आवश्यक रहेको प्रेस सेन्टरले स्पष्ट पारेको छ।

विधेयक संशोधन नभएमा चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिँदै प्रेस सेन्टर नेपालले प्रेस स्वतन्त्रता रक्षा तथा जिम्मेवार पत्रकारिता सुनिश्चित गर्न सबै सरोकारवाला पक्षसँग सहकार्यको आह्वानसमेत गरेको छ।