काठमाडौ । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ प्रहरी नायव उपरीक्षक पदबाट प्रहरी उपरीक्षक पदमा बढुवा सिफारिस सूची प्रकाशन गरिएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार राति बढुवा सूची सार्वजनिक गरेको हो । शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले गरेको निर्णय अनुसार ३७ रिक्त पदमा बढुवा सिफारिस गरिएको समितिकी सदस्य सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा […]
ब्यानर न्यूज
जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता गर्दै राष्ट्रकाे लागि दुई घन्टा अभियान
राष्ट्रकाे लागि दुई घन्टा अभियानले भक्तपुर जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ । वातावरण संरक्षण र मानवसेवालाई मूलमन्त्र बनाएर काम गरिरहेको अभियान एक सय हप्ता पूरा गरेको अवसरमा प्रतियोगिता आयोजना गरिने भएको हो । ‘वातावरण प्रदुषण र प्रकोप न्यूनीकरणमा मानवीय भूमिका’ विषयमा चित्रकला केन्द्रीत रहनुपर्ने अध्यक्ष मधु ढुङ्गेलले बताएका छन् । प्रतियोगिताको […]
अखिल(क्रान्तिकारी)का महासचिव उम्मेदवार प्रतिक, जसको बुबाआमा नै जनयुद्धमा शहीद बने
खोटाङ, १० माघ २०८१ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को केन्द्रीय महासचिवमा खोटाङका प्रतिक कार्कीले उम्मेदवारी दर्ता गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका प्रतिकले अखिल क्रान्तिकारीको यही माघ–१२ गते देशभर एकैसाथ हुने राष्ट्रिय निर्वाचनका लागि महासचिव पदमा उम्मेदवारी दिएका हुन् । बुबा शहीद दिलकाजी […]
भक्तपुरमा कारसंग ठोक्किँदा मोटरसाइकलमा सवार महिलाको निधन
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि-२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको ज्यान गएको छ । गत सोमबार क्षमादेवी ग्रुपको गोदाम नजिक मोटरसाइकल र कार ठक्कर खाँदा दुर्घटना भएको थियो । ज्यान गुमाउने महिला भोजपुरको पात्लेपानी गाउँपालिका- ६ घर भई पेप्सिकोला बस्ने २३ वर्षिया सपना राई रहेकी छन् । उपचारका क्रममा बुधवार साँझ […]
नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा पक्राउ
काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरू सहित एक ब्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्ने ब्यक्ति काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-५ श्रीखण्डपुर बस्ने ४८ वर्षीय विकास श्रेष्ठ हुन् । उनलाई नक्कली प्रमाण पत्र लिएको आरोपमा सोमबार नै प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठको साथमा त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर […]
पत्रकारलाई सहयोग गर्न प्रेस सेन्टर काठमाडौमा रु ५ लाखको अक्षय कोष
काठमाडौं । प्रेस सेन्टर नेपाल काठमाडौंले रु ५ लाखको अक्षय कोष बनाउने भएको छ । आफ्ना सदस्यहरुलाई भैपरीआउने आर्थिक सहयोगका लागि अक्षय कोष बनाइने भएको हो । नव निर्वाचित प्रेस सेन्टर नेपाल, काठमाडौंको बुधबार बालाजुमा सम्पन्न पहिलो कार्यसमिति बैठकले रु ५ लाखको अक्षय कोष बनाउने निर्णय गरेको अध्यक्ष राममणि घिमिरेले बताएका हुन् । सो कोषका […]
गोठाटारमा ३० वर्षीय युवकको शव फेला
काठमाडौ । काठमाडौंमा मृत अवस्थामा एकजनाको शव फेला परेको छ । कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटार बालुवाखानीस्थित खाली जमिनमा शव फेला परेको हो । अन्दाजी ३० वर्षीय युवकको शव फेला परेको र उनको नाम,थर बतन नखुलेको स्थानीयले बताए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
हरिवनको देउराली प्राविका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण
भक्ती रिजाल, सर्लाही । स्वर्गीय रोनिस कार्की स्मृति प्रतिष्ठानले हरिवन नगरपालिका वडा नम्बर ९ डुम्रीघारीमा रहेको देउराली प्राविका विद्यार्थीहरुलाई न्यानो कपडा ट्र्याक सुट तथा शैक्षिक सामग्री बितरण गरेको छ । स्वर्गीय रोनिस कार्की स्मृति प्रतिष्ठानको आयोजनामा गरेको कार्यक्रममा बुधबार कक्षा १ देखि कक्षा ५ सम्मका ४० जना छात्र छात्रालाई न्यानो कपडा ट्र्याक सुट तथा शैक्षिक सामग्री […]
सर्लाहीको घुर्कौलीमा ल्होछार साँस्कृतिक महोत्सव हुने
भक्ती रिजाल, सर्लाही । सर्लाहीको हरिवन- ५ घुर्कौलीमा ल्होछार साँस्कृतिक महोत्सव हुने भएको छ । माघ १६, १७ र १८ गते तीन दिनसम्म महोत्सव हुने भएको हो । तामाङ समुदायको संस्कृती र सभ्यतालाई संसारभरि चिनाउने उदेश्यले तामाङ समुदायको २८६१ औं डुक /सापुख्रि बर्षको अवसर पारेर बृहत ल्होछार सांस्कृतिक मेला महोत्सवको आयोजना गर्न लागेको संयोजक सिंहलाल […]
वातावरण विद खनाललाई पितृशोक
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक परेको छ । उनका पिता इलामको देउमाई नगरपालिका-६ का ६२ वर्षीय कृष्णप्रसाद खनालको असामयिक निधन भएको हो । भक्तपुरबाट बिराटनगर जाँदै गर्दा गत मंगलवार कृष्णप्रसाद कार दुर्घटनामा परेका थिए । दुर्घटनामा गम्भीर घाइते उनको उपचारकै क्रममा बिराटनगरस्थित नोबेल […]











