बिर्तामोड नगरपालिकाको नमूना काम, न्यूनतम समर्थन मूल्यले किसान लाभान्वित

झापा । झापाको बिर्तामोड नगरपालिकाले नेपालकै नमूनाको रुपमा तरकारीको न्यूनतम समर्थन मूल्य कायम गरी किसानलाई राहत दिएको छ । नगरपालिकाले तरकारी बालीहरुको न्यूनतम समर्थन मूल्य कायम गरेपछि किसानहरु लाभान्वित भएका छन् । काउली देखि टमाटर सम्म १६ थरी तरकारीमा न्यूनतम समर्थन मूल्य कायम गरिएको बिर्तामोड नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले बताए । सबैभन्दा कम […]

ढल्यो ढल्यो भन्दैमा सरकार नढल्ने प्रधानमन्त्री ओलीको जिकिर

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले ढल्यो ढल्यो भन्दैमा सरकार नढल्ने जिकिर गरेका छन् । पछिल्ला सम्बोधनमा सरकार नढल्ने स्पष्टीकरण दिदै आएका प्रधानमन्त्री ओलीले सोमबार सूर्यविनायक नगरपालिकाको कटुन्जेस्थित नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै सोही जिकिर गरेका हुन् । प्रधानमन्त्री ओलीले सत्ताको खिचातानी बढेकाले दुई ठुला दल मिलेर सरकार बनाउनु परेको बताए । “देश साँच्चै […]

बालकोट पुगेरै गगन थापाले मागे प्रधानमन्त्री पद

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीले राम्रो काम गर्न नसकेका खुलासा गरेका छन् । प्रधानमन्त्रीलाई चुनौती दिंदै उनले आफू प्रधानमन्त्री भए राम्रो काम गरेर देखाउने  दाबी समेत गरे । आइतबार भक्तपुरको बालकोटमा मीनकुमारी राणा प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका कांग्रेसका महामन्त्री थापाले भने, ‘‘यति कुरा दावाका साथ भन्नसक्छु कि अहिलेका […]

निरजको अध्यक्षतामा निजामती कर्मचारी युनियन भक्तपुरमा नयाँ नेतृत्व

भक्तपुर । नेपाल निजामती कर्मचारी युनियन भक्तपुरमा नयाँ नेतृत्व निर्वाचित भएको छ । युनियनको नवौं अधिवेशनले निरज चक्रधरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । अध्यक्ष चक्रधर मध्यपुर थिमि नगरपालिकामा कार्यरत कर्मचारी हुन् । अधिवेशनले उपाध्यक्ष खुला दिपक कोइराला, उपाध्यक्ष महिला प्रभा रेग्मी, उपाध्यक्ष समावेशीमा श्रीकृष्ण प्रजापतिलाई निर्वाचित गरेको निवर्तमान अध्यक्ष सुरज पौडेलले […]

स्पीड ब्रेकरले बचायो मृत ब्यक्ति

स्पीड ब्रेकरले बाटोमा तपाईंलाई झट्का दिँदा झोक चलेको हुनुपर्छ । तर, यहीँ स्पीड ब्रेकरको कारण मरेको मान्छे बाचेको खबर तपाईंको लागि अपत्यारिलो हुनसक्छ । भारतको मध्यप्रदेशको उज्जैनमा यस्तै एक आश्चर्यजनक घटना भएको छ । अस्पतालले मृत घोषित गरेका एक ब्यक्ति बाटोमा जाँदै गर्दा स्पेड ब्रेकरकै कारण जिउँदो भएका छन् । भारतीय सञ्चार माध्यम अमरउजालाले यो […]

बीमा प्राधिकरणको अध्यक्ष बन्न १ दर्जन आवेदन

नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका छन् ।  प्राधिकरणको अध्यक्ष बन्नका लागि कमलप्रसाद रेग्मी, डा. देवराज रोका, शरद ओझा, चिरञ्जवी चपागाँई, विष्णबाबु मिश्र, वुद्ध काजी श्रेष्ठ, दामोदर बसैला, डिमप्रसाद पौडेल, रामशरण पुडाशैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोद काजी श्रेष्ठले आवेदन दिएका छन् । आवेदक मध्येमा कमलप्रसाद रेग्मी प्राधिकरणका निर्देशक हुन् […]

इम्सनमा नयाँ कार्यसमिति, अध्यक्षमा दोहोरिए श्रेष्ठ

काठमाडौ । आर्थिक मिडिया सञ्चालकहरूको संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले नयाँ नेतृत्व निर्वाचित गरेको छ । काभ्रेको थुमकी रिसोर्टमा सम्पन्न सातौं वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको अध्यक्षमा रामराजा श्रेष्ठ दोहोरिएका छन् । उनी बिजखबर डटकमबाट प्रतिनिधित्व गर्दै संस्थाको अध्यक्ष भएका हुन्। यसैगरी संस्थाको उपाध्यक्षमा इक्वीटी नेपाल डटकमका लोचन खतिवडा […]

बिबाद समाधानपछि हरिवनमा धमाधम बन्न थाले बाटो

भक्ती रिजाल, सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाका विभिन्न वडामा लामो समय देखि बिबादमा रहेका सडकहरु विवाद समाधान भएसंगै  धमाधम कालोपत्रे हुन थालेपछि स्थानीयमा खुसी छाएको छ । हरिवन नगरपालिकाका विभिन्न वडाका सडकहरू लामो समयदेखि बिबादास्पद थिए । बिबादमा रहेका कारण बाटाहरु मर्मत नहुंदा स्थानीयले सास्ती खेप्नु परिरहेको थियो । बस्ती बिस्तार हुने क्रममा जग्गाको सिमाना विवाद […]

निजामती कर्मचारी संगठनको शिक्षा विभागमा त्रिपाठीको अध्यक्षतामा नयाँ नेतृत्व

नेपाल निजामती कर्मचारी संगठन शिक्षा विभाग समितिमा अध्यक्ष प्रेमप्रसाद त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शुक्रबार सम्पन्न बाह्रौं अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । संगठनको उपाध्यक्षमा जगन्नाथ अधिकारी, उपाध्यक्ष महिलामा शोमा देवी भट्टराई निर्वाचित भएकी छन् भने सचिवमा प्रशान्त भट्टराई, सहसचिवमा राजन खत्री र कोषाध्यक्षमा प्रकाशचन्द्र ढुंगेल निर्वाचित भएका निवर्तमान अध्यक्ष शिव पोखरेलले […]

अखिल(क्रान्तिकारी) को महासचिवमा एक्ली महिला उम्मेदवार तिर्सना हमाल : इतिहास रच्ने दावी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलनमा ठूलो संख्यामा उम्मेदवारहरु मैदानमा उत्रिएका छन् । सकेसम्म कम उम्मेदवार बनाउने पार्टी नेताहरुको भरमग्दुर प्रयासका बाबजुत आकांक्षीहरुको संख्या ठूलो देखिएको छ । संगठनको अध्यक्ष पदमा ५ जना र महासचिव पदमा ८ जना उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । सबैभन्दा महत्वपूर्ण मानिएको […]