प्रेस सेन्टर नेपाल २१ओैं वर्षमा, के छ इतिहास ?

काठमाडौं । क्रान्तिकारी पत्रकारहरूकाे संस्था प्रेस सेन्टर नेपाल आजबाट २० वर्ष पूरा जरी २१ ओैं वर्षमा प्रवेश गरेकाे छ । माओवादी जनयुद्धको क्रममा २०६१ साल माघ १५ गते स्थापना भएको अखिल नेपाल क्रान्तिकारी पत्रकार संगठन विभिन्न आराेहअवराेह तथा संगठनहरूबीच एकता, विभाजनका प्रक्रियाहरूपछि अहिले प्रेस सेन्टर नेपालकाे रूपमा क्रियाशील छ । प्रेस सेन्टर नेपालले स्थापना दिवसको अवसरमा देशव्यापी कार्यक्रमहरूसहित मनाउन लागेकाे छ ।
साे अवसरमा संघिय राजधानी काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयाेजना गरिएको छ भने विभिन्न जिल्लाहरूमा रक्तदान, अन्तरक्रिया, सहिद परिवार भेटघाट, सरसफाइ लगायतका गतिविधि र कार्यक्रमहरू आयाेजना गरिएको केन्द्रीय महासचिव सन्ताेष पाैडेलले जानकारी दिए । उनलेे स्थापना दिवसकै सन्दर्भमा केन्द्रीय समिति बैठक आयाेजना गरिएको पनि बताए । केन्द्रीय समिति बैठकले संगठनकाे पाँचौ राष्ट्रिय महाधिवेशनकाे बारेमा ठाेस निर्णय र कार्यतालिका सार्वजनिक गर्ने पनि उनलेे बताए ।

प्रेस सेन्टरकाे ईतिहास :

संरचनालाई स्थानीय तहसम्म लैजाने महत्वपूर्ण निर्णय ग¥यो । यस निर्णयबाट स्थानीय तहमा पत्रकारहरुको संगठन बनाउने हाम्रो संगठन पहिलो बन्यो । २०७३ असोज १३ र १४ गते काठमाडौंमा प्रेस सेन्टर नेपालको एकताको राष्ट्रिय महाधिवेशन सम्पन्न भयो । संगठनका संयोजक क. गोविन्द आचार्यको अध्यक्षता र नेकपा (माओवादी) केन्द्र)का अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा भएको एकताको महाधिवेशनले क. महेश्वर दाहालको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्यो । उक्त महाधिवेशनलाई प्रेस सेन्टर नेपालको दोस्रो महाधिवशन मानिएको छ ।
२०७६ पुस १२ गते प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालको एकताको भेला भयो । दुई संगठनको एकतापछि संगठनको नाम प्रेस संगठन नेपाल रह्यो । प्रेस संगठन नेपालको एकताको प्रथम राष्ट्रिय भेलाबाट प्रेस सेन्टर नेपालका अध्यक्ष क. महेश्वर दाहालको संयोजकत्वमा २४९ सदस्यीय केन्द्रीय समिति र लेखा तथा अनुशासन आयोग गठन ग¥यो । संगठनको सहसंयोजकमा प्रेस चौतारी नेपालका अध्यक्ष क. गणेश बस्नेत रहनुभयो ।
प्रेस संगठन नेपालको प्रथम एकता भेला प्रेस सेन्टरका अध्यक्ष क. महेश्वर दाहालको अध्यक्षतामा भएको र सो भेलाबाट क. महेश्वर दाहाल संयोजकमा चुनिनुभएकोले उक्त भेलालाई प्रेस सेन्टर नेपालको तेस्रो महाधिवेशनको रुपमा लिइएको छ ।

पुनर्गठन र पुनः प्रेस सेन्टर नेपाल :

प्रेस संगठन नेपालको गठन भएको एकवर्षपछि तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते प्रतिनिधिसभाको विघटन गरे । उक्त विघटनलाई प्रेस संगठन नेपालले असंवैधानिक र प्रतिगामी भएको ठहर ग¥यो । र, प्रेस संगठनले प्रतिगमनको विरुद्धमा सबै प्रकारको संघर्ष गर्यो ।
प्रेस संगठनभित्रको सानो समूहले प्रतिनिधिसभा विघटनलाई सही भन्यो । सोही एजेण्डामा संगठनका सहसंयोजक गणेश बस्नेतले आफ्नो संयोजकत्वमा सानो समूह लिएर प्रेस संगठनको घोषणा गरे । र, उनले प्रेस संगठनमा विभाजन ल्याए । संगठनबाट बस्नेतसहित केही बाहिरिएपछि २०७७ फागुन ११ गते प्रेस संगठन नेपालको केन्द्र, प्रदेश र जिल्लाका सबै समितिहरुको पुनर्गठन भयो ।
२०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई भंग गर्दै नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) पुनस्र्थापित गरिदिएपछि प्रेस संगठन नेपालको पुनर्गठित समितिमा रहनुभएका तात्कालीन प्रेस चौतारी नेपालबाट एकतामा जोडिनुभएका साथीहरु प्रेस संगठन नेपालबाट अलग हुनुभयो । हामीले हाम्रै नेतृत्वमा रहेकाले नेकपा (माओवादी केन्द्र)को पुनस्र्थापना भएपछि पनि संगठनको नाम प्रेस संगठन नेपाल नै कायम गरेर संगठनात्मक गतिविधि अगाडि बढायौँ ।
संगठनको महाधिवेशन तयारीका सम्बन्धमा प्रेस संगठन नेपालको केन्द्रीय समितिको बैठक २०७८ असोज १६ गते काठमाडौंमा बस्यो । बैठकले संगठनको केन्द्रीय समितिलाई चौथो महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्दै प्रेस संगठन नेपालको नामलाई परिवर्तित गरी पुनः प्रेस सेन्टर नेपाल रहने गरी संगठनको अन्तरिम विधान पारित गर्यो । क. महेश्वर दाहालको संयोजकत्वमा आयोजक समिति गठन गरियो ।
संगठनको चौंथो महाधिवेशन २०७८ मंसिर १८ देखि १९ सम चितवनको भरतपुरमा सम्पन्न भयो । महधिवेशनले विष्णु सापकोटा जुगलको नेतृत्वमा १ सय ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्यो । त्यसैगरी संगठनको २०७९ साउन १३ र १४ गते काठमाडौंमा सम्पन दोश्रो पूर्ण बैठकबाट महासचिवमा सन्तोष पौडेल सहित १ बरिष्ठ उपाध्यक्ष, १९ उपाध्यक्ष, १० उपमहासचिव, २६ सचिव, १ कोषाध्यक्ष र एक सह कोषाध्यक्ष रहेको ६१ सदस्यीय पदाधिकारी चयन गर्यो ।

(लेखक प्रेस सेन्टरका महासचिव सन्तोष पौडेल हुनुहुन्छ)