महासचिवमा हारपछि प्रतिकले कोरो यस्तो कविता

मन मनबाट लेखिएका,
हरेक शब्दलाई सलाम ।
प्रेम भावले कोरिएका,
हरेक कवितालाई सलाम ।

शासकको मुटु नै थर्काउने,
ती नाराहरुलाई सलाम ।
छलछामका शृङ्खला तोड्ने,
ती योद्धाहरुलाई सलाम ।

हृदयको हेडक्वाटरबाट गुन्गुनाईएका,
ती गितहरुलाई सलाम ।
चिट र ह्विपलाइ चिर्ने,
हर एक मतहरुलाई सलाम ।

वर्गीय लडाइँमा होमिएका,
योद्धाहरुको साथलाई सलाम !
(तपाईंको प्यारो महासचिव पदको उम्मेदवार)

(अखिल (क्रान्तिकारी)को महासचिव पदमा पराजित भएसंगै प्रतीक कार्कीले प्रस्तुत कविता सार्वजनिक गर्दै आफ्नो प्रतिक्रिया दिएका हुन् ।)

बुधवार सम्पन्न मतपरिणाम अनुसार निम्नानुसार पदाधिकारी निर्वाचित भएका छन् ।

अध्यक्षः विजयप्रकाश सापकोटा
उपाध्यक्षः अटल आचार्य
उपाध्यक्षः मदन ढकाल
उपाध्यक्षः विराज थापा
उपाध्यक्षः दीपा जैशी
उपाध्यक्षः ममता अधिकारी
उपाध्यक्षः सन्दीप पुन
उपाध्यक्षः कृष्णबहादुर सुनार
उपाध्यक्षः अभिमन्यु यादव
उपाध्यक्षः उमेश कंडेल
महासचिवः रोशन थापामगर
उपमहासचिवः विपिन पोखरेल
उपमहासचिवः गजेन्द्र यादव
उपमहासचिवः निर्मला गौतम
उपमहासचिवः भगवान बास्तोला
उपमहासचिवः रेशम अधिकारी
उपमहासचिवः प्रकाश अधिकारी
उपमहासचिवः रामचन्द्र भट्ट
उपमहासचिवः निरोज श्रेष्ठ
उपमहासचिवः जटिल कार्की
सचिवः प्रेम जैशी
सचिवः वीरेन्द्र जिसी
सचिवः शिशिर बस्याल
सचिवः सम्झना राई
सचिवः तिर्सना आलेमगर
सचिवः सम्कृति पुन
सचिवः आर्टिस्ट मोक्तान
सचिवः आशा उपरकोटी
सचिवः अमर मण्डल
सचिवः जीतेन्द्र भण्डारी
सचिवः युन्छो हाङ्ग मावो
कोषाध्यक्षः फूलमाया रानामगर