पढ्नुस् मेयर बालेनको विवादित कविता

सत्यको कुनै एउटा पहिचान
कुनै नाम हुँदैन।
मिथ्याजस्तो ठूलो अभिमान,
कुनै शान हुँदैन।

जलझैँ शीतल, फूलझैँ कोमल,
सुन न पित्तल, किसानझैँ फोहर।
आकाशझैँ विशाल,
स्पर्शझैँ सूक्ष्म,
सगरमाथाझैँ हिमाल,
थोपाझैँ पूर्ण।

सत्यको कुनै दाम हुँदैन,
सत्यको दुबै कान हुँदैन ,
समर्पण हुन्छ , दान हुँदैन ,
कुनै एउटा पहिचान,
कुनै एउटा काम हुँदैन, नाम हुँदैन।

(सामाजिक सञ्जालमार्फत काठमाडौ महानगरका मेयर बालेन साहले सार्वजनिक गरेको यो कवितामा किसानझैँ फोहोर शब्दावलीप्रति धेरैजसोले आक्रोश ब्यक्त गरेका छन् भने कतिपयले यसलाई साहित्यिक अर्थमा सहि नै रहेको भन्दै पक्षधरता पनि देखाएका छन् ।)