मैले मात्र गरेर देश बन्दैन : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले देश बनाउन सबैको सहकार्य आवश्यक रहेको बताएका छन्। उनले आफूले मात्र गरेर देश नबन्ने बताएका हुन् ।

सामाजिक अभियन्ता ‘ई’ ले सामाजिक सञ्जालमा गरेको टिप्पणीको जवाफमा उनले यस्तो अभिव्यक्ति दिएका हुन्। अभियन्ता ‘ई’ ले मेयर शाह, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र व्यवसायी दुर्गा प्रसाईंको कार्यशैली र राजनीतिक व्यवहारमा धेरै फरक नभएको टिप्पणी गरेका थिए।

‘ई’ ले लेखेका थिए, “केपी, बालेन, दुर्गा जस्ता पात्रहरू बीच वैचारिक भिन्नता होला तर व्यवहारिक रूपमा धेरै अन्तर छैन। तिनीहरू आफ्नो अटलता र बर्चस्व कायम गर्न जुनसुकै हदसम्म जान सक्छन्।” उनले यस्ता पात्रहरूभन्दा फरक र गतिशील नेतृत्वका लागि समाजले आत्मसमीक्षा गर्न जरुरी रहेको पनि बताएका थिए।

अभियन्ताको टिप्पणीपछि मेयर शाहले आफू नयाँ पुस्तालाई अगाडि ल्याउन चाहने बताएका छन्। ८० वर्ष पुग्दा पनि आफैं प्रधानमन्त्री र अध्यक्ष बन्ने चाहना राख्ने देशमा आफूले ३५ वर्षकै उमेरमा युवालाई नेतृत्व गर्न आग्रह गरिरहेको बालेनले बताए ।

“सबै नयाँ मिलाउनुस्, म कार्यकर्ता बन्न तयार छु ।” उनले भने ।

 बालेनलाई मात्र नेता नसोच्न आग्रह गर्दै उनले आफू नयाँलाई मिलाएर ल्याए ‘इ’ को कार्यकर्ता बन्न तयार रहेको उद्घोष गरे ।