माओवादी केन्द्रका सचिव साहले लिए राजनीतिबाट सन्यास

काठमाडौ । नेकपा माओवादी केन्द्रका सचिव गणेश साहले राजनीतिबाट सन्यास लिएका छन् । एक टेलिभिजन अन्तर्वार्ताबाटै उनले सन्यासको घोषणा गरेका हुन् ।

साह वरिष्ठ बामपन्थी नेता हुन् । नेकपा (संयुक्त)को महासचिव रहेका उनी पार्टी एकीकरण पछी नेकपा माओवादी केन्द्रका सचिव एवं मधेस प्रदेश इन्चार्ज रहेका थिए ।

पूर्व मन्त्री समेत रहेका साहले जेन-जी आन्दोलनको म्यान्डेट अनुसार अफूले राजनीतिवाट अवकाश लिएको बताएका छन् ।

“७५ वर्ष भए । यो दौरान धेरै आन्दोलन परिवर्तनमा सामेल भए ।” साहले भने, “अब युवाहरूलाई जिम्मेवारी सुम्पनुपर्दछ ।”