काभ्रे ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले मालपोत कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारी विरुद्ध घुस लिई भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
साविक दोलालघाट गाउँ विकास समिति–७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएका जग्गा धनीको नाममा दर्ता गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग रु. २ लाख घुस लिएको भन्दै अख्तियारले भण्डारीलाई नियन्त्रणमा लिएको थियो।
आयोगबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग रु. २ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको हो र अनुसन्धानपछि, खरिदार भण्डारीले सेवाग्राहीसँग घुस रकम मागी लिएको पुष्टि भएकोले आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार गौतमले जानकारी दिए ।
पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुरमा कारवाहीको मागसहित विशेष अदालतमा मुद्धा दायर गरिएको आयोगका प्रवक्ता पौडेलको भनाइ छ ।





