दिउँसोको उज्यालो!
रातिको निलो शान्त, शौम्य, मौनता!
जसरी नियमित प्रकृति निरन्तर फुलिरहनेछ,
चन्द्रमा चम्किरहन्छ,
समय बदलिन्छ, तर नियम एउटै रहन्छ।
प्रकृतिले मुखौटा लगाउँदैन,
न त आफ्नो रङ्ग फेर्छ!
तर यहाँ!
मान्छे स्वच्छ प्रकृति, यही धर्ति आकाशमा उभिएर;
आफ्नै भित्री रौद्र, दानवी चरित्र देखाइरहन्छ।
पूर्णचन्द्रको उज्यालो कसले चोर्ने?
त्यो शीतलता, त्यो मौनता,
त्यो अविभेद प्रेम!
जसरी रातले फूललाई अङ्गालोमा लिन्छ,
त्यसरी नै प्रकृतिले हामीलाई सम्झाइदिन्छ !
क्रोध लुकाएर देखाइने रौद्र रूप, क्रमभङ्ग र आत्मग्लानीयुक्त रहन्छ!
किनकि अहङ्कार त क्षणभङ्गुर, पीडादायी रहनेछ।
त्यसैले, प्रकृतिको अनन्त सौन्दर्यको सामुन्ने;
झुकिरहोस् त्यो मनुष्यको अहङ्कार जडता ।
(पाण्डे नेपाल सरकारकी सहसचिव हुन् ।)







