एउटा अजङ्गको घडी !

एउटा अजङ्गकाे घडी
यति ठूलाे हाेस् कि
बरू घण्टाघर सानाे बनाेस्

यति अग्लाे कि
धरहराभन्दा थाेरै हाेचाे हाेस्
जसलाई
टुँडिखेलकाे बीचैमा झुण्ड्याइयाेस्

सेकेन्ड र मीनेटका सुईँहरू
भाेटाे जात्रा रथकाे लिङ्गाे जत्रै माेटा हुन्
सुईँहरू घुम्दा टिकिटिकटिकटिक हाेइन
डिङडङडिडङ आवाज आइरहाेस् !

मानिसलाई समय मात्र नजनाओस्
ऊ बाँचिरहेकाे हैसियत नै चिनाओस्
भ्रष्टाचार र सदाचारकाे ऐना देखाओस्
शासकलाई जवाफदेही बनाओस्

त्यसैले,खाेजिरहेछु
एउटा यस्ताे अजङ्गको घडी !

(सिग्देल शिक्षा पत्रकार समूहका पूर्व अध्यक्ष एवं आजको शिक्षा साप्ताहिकका सम्पादक हुन् ।)