स्पीड ब्रेकरले बचायो मृत ब्यक्ति

स्पीड ब्रेकरले बाटोमा तपाईंलाई झट्का दिँदा झोक चलेको हुनुपर्छ । तर, यहीँ स्पीड ब्रेकरको कारण मरेको मान्छे बाचेको खबर तपाईंको लागि अपत्यारिलो हुनसक्छ ।

भारतको मध्यप्रदेशको उज्जैनमा यस्तै एक आश्चर्यजनक घटना भएको छ । अस्पतालले मृत घोषित गरेका एक ब्यक्ति बाटोमा जाँदै गर्दा स्पेड ब्रेकरकै कारण जिउँदो भएका छन् ।

भारतीय सञ्चार माध्यम अमरउजालाले यो घटनाको जिकिर गरेको हो । जनाइए अनुसार डॉक्टरले मृत घोषित गरेपनि बाटोमा स्पीड ब्रेकरले मृत ब्यक्तिलाई बचाएको छ ।

“एम्बुलेन्सले एक स्पीड ब्रेकरमा यस्तो झटका दियो कि मृत शवले अचानक हरकत देखायो, मृतकको मुटु र औंलाहरु चल्न थाल्यो ।” खबरमा भनिएको छ ।

उज्जैन सेठीनगर निवासी ५० वर्षीय राधेश्याम पाटीदारलाई गत बुधबार इंदौरको एक अस्पताल पुर्याइएको थियो । शुक्रवार डॉक्टरले उनलाई मृत घोषणा गरिदिए । आफन्तले आवश्यक प्रक्रिया पूरा गरी अंतिम संस्कारका लागि एंबुलेंसबाट निवास ल्याउदैगर्दा उनी जिवित भए । घटनाले सबैलाई चकित बनाइदिएको अमरउजालामा खबर छ ।