काठमाडौ । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ प्रहरी नायव उपरीक्षक पदबाट प्रहरी उपरीक्षक पदमा बढुवा सिफारिस सूची प्रकाशन गरिएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार राति बढुवा सूची सार्वजनिक गरेको हो ।
शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले गरेको निर्णय अनुसार ३७ रिक्त पदमा बढुवा सिफारिस गरिएको समितिकी सदस्य सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहले जानकारी दिएकी छन् ।
हेर्नुस् सूची