नेपाल निजामती कर्मचारी संगठन शिक्षा विभाग समितिमा अध्यक्ष प्रेमप्रसाद त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शुक्रबार सम्पन्न बाह्रौं अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
संगठनको उपाध्यक्षमा जगन्नाथ अधिकारी, उपाध्यक्ष महिलामा शोमा देवी भट्टराई निर्वाचित भएकी छन् भने सचिवमा प्रशान्त भट्टराई, सहसचिवमा राजन खत्री र कोषाध्यक्षमा प्रकाशचन्द्र ढुंगेल निर्वाचित भएका निवर्तमान अध्यक्ष शिव पोखरेलले बताए । कार्यसमिति सदस्यहरुमा कुमार घिमिरे, नारायण रेग्मी, दिपेन्द्रमान बनेपाली, पदम रिमाल, राजन पाण्डे, फत्त ओली, संगीता भण्डारी, कविता ओझा र नातीबाबु केसी रहेका छन् ।
केन्द्रीय प्रतिनिधि खुलातर्फ शिवराज पोखरेल, महिलातर्फ रमा नेपाल चयन भएका छन् भने नेपाल निजामती कर्मचारी संगठन उपत्यका प्रदेश कार्यसमितिको प्रतिनिधिमा खुला प्रतिनिधि हरिप्रसाद उपाध्याय र महिला प्रतिनिधि सुष्मा काफ्ले चयन भएका बताइएको छ ।
यसैगरी मनोज झपेन्द्र स्मृति कल्याणकारी अक्षय कोषको अध्यक्षमा लिलानाथ पोखरेल, उपाध्यक्ष नारायणी केसी, सचिव भवान सिंह, कोषाध्यक्ष श्यामलाल पन्थी लगायतलाई पनि अधिवेशनले चयन गरेको छ ।