काठमाडौंको नयाँ बजारस्थित ह्वाइटफिल्ड स्कुलद्वारा पौष ५ देखि ११ गतेसम्म आयोजित उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । कक्षा ९ सम्मका (जुनियर) विद्यार्थीका लागि आयोजित फाइनल खेलमा कीर्तिपुरको मेगस स्कुलले रेडियन्ट पब्लिक स्कुल, नागर्जुनलाई ४२–२९ को अन्तरले पराजित गर्दै प्रथम स्थान हासिल गर्यो। रेडियन्ट पब्लिक स्कुल दोस्रो स्थानमा सीमित रह्यो। यस तहमा […]
ननस्टप विशेष
ईप्सन भक्तपुरको अन्तर विद्यालय फुटसल प्रतियोगिता सम्पन्न
भक्तपुर । एडिफाई प्राइभेट स्कुल्स अर्गनाइजेशन नेपाल (ईप्सन) भक्तपुरको आयोजनमा अन्तर विद्यालय फुटसलवप्रतियोगिता मंसिर २० र २१ गते हेल्थ्ली फुटसलमा सम्पन्न भएको छ । ईप्सनमा आवद्ध १० वटा सदस्य विद्यालयहरु बीच माध्यमिक र आधारभूत गरी दुई तहको छात्र फुटसलमा माध्यमिक तह तर्फ प्रथम स्थान ग्लोबल एकेडेमी, द्धितीय स्थान मदरल्याण्ड स्कुल, तृतीय स्थान ईडेन गार्डेन र […]
गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित
गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम निर्धारित समयको दुई घण्टा अघि अचानक स्थगित भएको हो । आयोजक गणतन्त्र सेनानी कोषका संयोजक रहेका बागमती प्रदेश सभा सदस्य तथा नेकपा(माओवादी केन्द्र) का बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले कार्यक्रम स्थगित भएको जानकारी गराए । माओवादी केन्द्रका केन्द्रीय सदस्य, […]
सामाजिक सञ्जाल विश्वसनीय बनाउन विशेष अपिल
प्रेस काउन्सिल नेपालले आमसञ्चार माध्यम र सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन विशेष अपिल जारी गरेको छ । नियामक निकाय काउन्सिलले विभिन्न पेजसहित सामाजिक सञ्जालमा सञ्चालकको नाम, ठेगाना प्रष्ट हुनुपर्ने सहित तथ्यपूर्ण समाचारको लागि मङ्गलबार विशेष अपिल जारी गरको हो । […]
उपत्यकाब्यापी अन्तरपालिका एकायन कराँते प्रतियोगिता सम्पन्न
बुद्धशरण शाही/ काठमाडौ । प्रथम काठमाडौं महानगरपालिका उपमेयर कप उपत्यकाब्यापी अन्तरपालिका एकायन कराँते प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका संगको सहकार्यमा नेपाल एकायन कराते संघले आयोजना गरेको दुई दिने सो प्रतियोगिता आइतवार सम्पन्न भएको हो । काठमाडौं महानगरपालिकाका उप मेयर सुनिता डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा इमेज च्यानलका महाप्रबन्धक रघुवर भक्त मानन्धर, काठमाडौं […]
नेताको आर्थिक हैसियत बढ्नु तर, जनताको आर्थिक अवस्था कमजोर हुनु बिडम्बना : सांसद थापा
नेपाली काँग्रेस भक्तपुरका सभापति एवं प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेताहरुको आर्थिक हैसियत बढेको कुरा बताएका छन् । नेताको आर्थिक हैसियत बढ्नु तर, जनताको आर्थिक अवस्था कमजोर हुनु बिडम्बना भएको उनले बताए । शनिवार कटुन्जेमा आयोजित लौहपुरुष गणेशमान सिंहको ११० औं जन्मजयन्ती समारोहमा बोल्दै सांसद थापाले सर्वमान्य नेता गणेशमान सिंहले प्रजातन्त्र प्राप्तिपछि राजनीतिक क्रान्ति सकिएको […]
उपत्यकाव्यापी अन्तर पालिका एकायन कराँते प्रतियोगिता शुरू
बुद्धशरण शाही/काठमाडौ । प्रथम उपमेयर कप उपत्यकाव्यापी अन्तरपालिका एकायन कराँते प्रतियोगिता शुरू भएको छ । काठमाडौको लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रको कभर्ड हलमा प्रतियोगिता शुरु भएको हो । काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा नेपाल एकायन कराँते सङ्घले आयोजना गरेको प्रतियोगिता शनिवार सञ्चार उद्यमी भाष्करराज राजकर्णीकार र रघुवीर भक्त महर्जनले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उनीहरुले […]
डिभी भर्ने समय सकियो
अमेरिकी डाइभर्सिटी भिसा कार्यक्रम २०२६ का लागि आवेदन दिने समय सकिएको छ । बुधवार राती आवेदन भर्ने म्याद सकिएको हो । नेपालस्थित अमेरिकी दूतावासले दुई दिन समय थपिएको ७ नोभेम्बरसम्म आवेदन दिन सकिने ब्यवस्था रहेको बताएको थियो । डिभी अनलाइन बाट भर्ने एक प्रकारको चिठ्ठा हो । डिभी परेमा अमेरिकाले भिषा दिएर आफ्नो देश लैजाने […]
भक्तपुरमा मोटरसाइकलको ठक्करबाट गयो पैदलयात्रीको ज्यान
भक्तपुरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ । ज्यान गुमाउने महिला भक्तपुर-६ भोलाछें घर भई सूर्यविनायक-५ कटुन्जे बस्ने ६९ वर्षीया बिमला प्रधानाङ्ग हुन् । पैदल हिडिरहेकी बिमलालाई मंगलवार अपराह्न कटुन्जेचोक सल्लाघारीमा मोटरसाइकलले ठक्कर दिएको थियो । सूर्यविनायकबाट सल्लाघारी तर्फ जाँदै गरेको बागमती प्र.०२-०२१ प. ८१२७ नम्बरको पल्सर मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी […]
भक्तपुरमा सरकारलाई गिज्याइरहेको योजना सुचारु गर्न सांसद थापाको आग्रह
भक्तपुरका प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले अलपत्र परेको राष्ट्रिय प्राणी उद्यान निर्माण कार्य सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवार सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीलाई भेटी उनले निर्माण कार्य सुचारु गर्न आग्रह गरेका हुन् । सांसद थापाले शिलान्यास भएको लामो समयसम्म पनि निर्माण कार्यले गति लिन नसकेको प्रति मन्त्रीलाई ध्यानाकर्षण गराएका […]










