सिटिइभिटीका उपाध्यक्ष प्राडा बरालको नियुक्ति बदर

भक्तपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) का उपाध्यक्ष प्राडा ओमप्रसाद बरालको नियुक्ति बदर भएको छ । आइतबार सर्वोच्च अदालतले उनको नियुक्ति बदर हुने आदेश दिएको हो । सर्वाेच्चले जारी गरेको उत्प्रेषणको आदेशमा बरालको योग्यता नपुग्ने ठहर गरिएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको क्षेत्रमा बरालसंग आवश्यक अनुभव नभएको भन्दै सर्वोच्चमा रिट […]

प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको बागमती प्रदेशमा नयाँ नेतृत्व

प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको बागमती प्रदेश समितिमा नयाँ नेतृत्व निर्वाचित भएको छ । प्रदेश राजधानी हेटौंडामा सम्पन्न दाेश्राे सम्मेलनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । नयाँ कार्यसमितिको अध्यक्षमा अमर तामाङ स्याङ्तान निर्वाचित भएका छन् भने उपाध्यक्षमा केदार दुलाल (रुपक) र शिव प्रसाद बसेल निर्वाचित भएका छन् । सचिवमा तिलक खड्का निर्वाचित हुँदा सह सचिवमा मोहन बैँजु […]

क्यासिनो माजोङ्ग नेपाललाई फेरिपनि उत्कृष्ट अन्तराष्ट्रिय अवार्ड

काठमाडौको सोल्टि होटल परिसरमा संचालित क्यासिनो माजोङ्ग नेपालले फेरिपनि अवार्ड पाएको छ । भारतको मुम्बईस्थित MELUHA ‘THE FERN’ होटेलमा शुक्रबार आयोजित आठौँ हस्पिटालिटी इण्डिया ट्राभल अवार्ड समारोहबाट दोश्रो पटक सर्वोत्कृष्ट ठहरिँए क्यासिनो मोजाङ्गले अवार्ड पाएको हो । आयोजकले ‘Outstanding Contributor to Tourism Development in Nepal’अवार्डबाट क्यासिनो मोजाङ्ग सम्मानित भएको जनाएको छ । नेपालको पर्यटन विकासमा […]

सामाजिक सञ्जालसम्बन्धी विधेयक विरुद्ध आन्दोलनमा उत्रने पत्रकार महासंघ उपत्यकाको चेतावनी

सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन‚ प्रयोग र नियमन सम्बन्धी विधेयकको कतिपय प्रावधानप्रति नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले आपत्ति प्रकट गरेको छ । बुधबार प्रेस बिज्ञप्ती जारी गर्दै आपत्ति प्रकट गरिएको हो । “सामाजिक सञ्जालको नियमन गर्नुपर्छ भन्ने पक्षमा उपत्यका प्रदेश समिति रहेको छ । तर‚ नियमनका नाममा संविधानमा नै स्पष्ट रुपमा […]

दुधौलीका नगर प्रमुखबिरुद्ध घोर पूर्वाग्रहसहित निकृष्ट दुस्प्रचार भएको भन्दै आपत्ति

सिन्धुलीको दुधाैली नगरपालिकाका प्रमुख दिनेश अधिकारीबारे भ्रामक हल्ला फैलाइएकाे भन्दै नगर प्रमुखको सचिवालयले खण्डन गरेको छ । केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा नगर प्रमुख अधिकारी र प्रमुख प्रशासकीय अधिकृत बिच द्वन्द बढेका कारण नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिहिन बनेको लगायतका आरोप लगाइएको तथा त्यो तथ्यहिन र भ्रामक भएको सचिवालयको भनाइ छ । प्रेस विज्ञप्ति […]

निरजको अध्यक्षतामा निजामती कर्मचारी युनियन भक्तपुरमा नयाँ नेतृत्व

भक्तपुर । नेपाल निजामती कर्मचारी युनियन भक्तपुरमा नयाँ नेतृत्व निर्वाचित भएको छ । युनियनको नवौं अधिवेशनले निरज चक्रधरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । अध्यक्ष चक्रधर मध्यपुर थिमि नगरपालिकामा कार्यरत कर्मचारी हुन् । अधिवेशनले उपाध्यक्ष खुला दिपक कोइराला, उपाध्यक्ष महिला प्रभा रेग्मी, उपाध्यक्ष समावेशीमा श्रीकृष्ण प्रजापतिलाई निर्वाचित गरेको निवर्तमान अध्यक्ष सुरज पौडेलले […]

स्पीड ब्रेकरले बचायो मृत ब्यक्ति

स्पीड ब्रेकरले बाटोमा तपाईंलाई झट्का दिँदा झोक चलेको हुनुपर्छ । तर, यहीँ स्पीड ब्रेकरको कारण मरेको मान्छे बाचेको खबर तपाईंको लागि अपत्यारिलो हुनसक्छ । भारतको मध्यप्रदेशको उज्जैनमा यस्तै एक आश्चर्यजनक घटना भएको छ । अस्पतालले मृत घोषित गरेका एक ब्यक्ति बाटोमा जाँदै गर्दा स्पेड ब्रेकरकै कारण जिउँदो भएका छन् । भारतीय सञ्चार माध्यम अमरउजालाले यो […]

बीमा प्राधिकरणको अध्यक्ष बन्न १ दर्जन आवेदन

नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका छन् ।  प्राधिकरणको अध्यक्ष बन्नका लागि कमलप्रसाद रेग्मी, डा. देवराज रोका, शरद ओझा, चिरञ्जवी चपागाँई, विष्णबाबु मिश्र, वुद्ध काजी श्रेष्ठ, दामोदर बसैला, डिमप्रसाद पौडेल, रामशरण पुडाशैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोद काजी श्रेष्ठले आवेदन दिएका छन् । आवेदक मध्येमा कमलप्रसाद रेग्मी प्राधिकरणका निर्देशक हुन् […]

इम्सनमा नयाँ कार्यसमिति, अध्यक्षमा दोहोरिए श्रेष्ठ

काठमाडौ । आर्थिक मिडिया सञ्चालकहरूको संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले नयाँ नेतृत्व निर्वाचित गरेको छ । काभ्रेको थुमकी रिसोर्टमा सम्पन्न सातौं वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको अध्यक्षमा रामराजा श्रेष्ठ दोहोरिएका छन् । उनी बिजखबर डटकमबाट प्रतिनिधित्व गर्दै संस्थाको अध्यक्ष भएका हुन्। यसैगरी संस्थाको उपाध्यक्षमा इक्वीटी नेपाल डटकमका लोचन खतिवडा […]

बिबाद समाधानपछि हरिवनमा धमाधम बन्न थाले बाटो

भक्ती रिजाल, सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाका विभिन्न वडामा लामो समय देखि बिबादमा रहेका सडकहरु विवाद समाधान भएसंगै  धमाधम कालोपत्रे हुन थालेपछि स्थानीयमा खुसी छाएको छ । हरिवन नगरपालिकाका विभिन्न वडाका सडकहरू लामो समयदेखि बिबादास्पद थिए । बिबादमा रहेका कारण बाटाहरु मर्मत नहुंदा स्थानीयले सास्ती खेप्नु परिरहेको थियो । बस्ती बिस्तार हुने क्रममा जग्गाको सिमाना विवाद […]