उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले शिष्टाचार भेट गरेका छन् । बिहीबारबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट भएको हो । भेटमा शुभकामना आदानप्रदान पश्चात् दुई मुलुकबिचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक एवं क्षेत्रीय तथा अन्तरराष्ट्रिय फोरममा सहयोग लगायतका विषयमा छलफल भएको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उपराष्ट्रपति […]
ननस्टप विशेष
निष्क्रिय सार्कलाई नयाँ जीवन दिनुपर्ने पाकिस्तानी राजदूतको जोड
काठमाडौँ, २१ साउन २०८१ । नेपालका लागि पाकिस्तानका राजदूत अब्रर एच हास्मीले दक्षिण एसियाको समृद्धिका निम्ति दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई नवजीवन दिनुपर्नेमा जोड दिएका छन् । आज यहाँ आयोजित एक कार्यक्रममा उनले आपसी एकता र सहयोग कायम गर्दै क्षेत्रीय सहयोगको माध्यमबाट यस क्षेत्रका जनताको जीवनस्तर उठाउने उद्देश्यका साथ स्थापना भएको सार्कलाई निष्क्रिय बनाउन […]
बङ्गलादेशकी प्रधानमन्त्रीले छोडिन् देश, निवासमा लुटपाट
न्यूजकारखाना । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा गरेर देश छोडेकी छन् । बिबिसीका अनुसार प्रदर्शनकारीले प्रधानमन्त्रीको निवासमा प्रवेश गरेर तोडफोड गरेपछि उनी देश छोडेर ‘सुरक्षित ठाउँ’तर्फ लागेकी छन् । मिडिया रिपोर्टका अनुसार शेख हसिना भारतको त्रिपुरा राज्यको राजधानी अगरतला प्रस्थान गरेकी छन् । उनी हेलिकप्टरमा भारत गएकी हुन् । उनले आफ्नी बहिनीलाई साथमा लिएर देश […]
पानीजहाज र रेलमै अड्किए प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई पानीजहाज र रेल यातायातको युगमा रुपान्तरित गर्न प्राथमिकता दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको आब २०८०÷०८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापनपत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय सीमाना हनुमानगरदेखि त्रिवेणी र देवघाटसम्म पानीजहाज सञ्चालनको योजना ल्याउन भनेका छन् । नेपालमा २०२७ सालमै पानीजहाजको कानुन बने पनि […]
सीपयुक्त जनशक्तिका लागि सीटीईभीटी, वर्षेनी ५ हजार बढी विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था
अजय कठायत । आवश्यक पर्ने सीपयुक्त दक्ष प्राविधिक जनशक्तिको उत्पादन, व्यवस्थापन, सीपको स्तर निर्धारण र प्रमाणीकरण गर्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५ बमोजिम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को स्थापना भएको हो । परिषद्ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमसम्बन्धी नीति निर्धारण, पाठ्यक्रम निर्माण तथा परिमार्जन, संस्था सम्बन्धन, अनुगमन र नियमन, […]
सेन्ट्रल कलेजमा गुरुहरु सम्मानित, विश्वविद्यालय बनाउने अध्यक्षको उद्घोष
काठमाडौ । गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरको स्वरुप मानी साक्षात परमात्मा परमेश्वरको दर्जा दिएर सम्मान गरिने पर्व गुरु पूर्णिमाको अवसरमा सेन्ट्रल कलेज सिनामंगलका शिक्षकहरु सम्मानित भएका छन् । कलेजका विद्यार्थीहरुले एक सम्मान कार्यक्रमको आयोजना गरी गुरुहरुलाई सम्मान गरेका हुन् । आइतबार कलेजको सभाहलमा आयोजित कार्यक्रममा खादामाला, दोसल्ला र प्रशंसा पत्रले गुरुहरुलाई सम्मान गरिएको हो । […]
सर्लाहीको बागमतीमा बस दुर्घटना : ३ को निधन, १७ घाइते
सर्लाही। सर्लाहीस्थित पूर्वपश्चिम राजमार्गमा एकाबिहानै बस दुर्घटना भएको छ । सो दुर्घटनामा परी ३ को ज्यान गएको छ भने दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् । सर्लाहीको बागमती नगरपालिका स्थित रायमाझी चोकमा आज बिहान बस दुर्घटनामा भएको हो । भैरहवाबाट जनकपुर आउँदै गरेको लु १ ख ८८४८ नम्बरको बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ […]
टोल सुधार र फोहोर ब्यबस्थापनमा उदाहरणीय बन्दै हरिवनको वडा नम्बर ५
भक्ती रिजाल, सर्लाही । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ५ समाज सुधारतर्फ अग्रसर भएको छ । आफ्नो टोल आफैले बनाउनु पर्छ भन्ने सोचका साथ वडावासीहरु एकजुट भएर लागेका छन् । वडामा रहेका टोल बिकास संस्थाले समग्र वडाको हितलाई आत्मसाथ गरि काम गर्ने गरेकाले पनि सिंगो वडा नम्बर पाँचको मुहार फेरिएको स्थानीय जनताको भनाइ छ । […]
पहाडी र मधेसीको एकतामा राजेन्द्र महतोको जोड
प्रेमनाथ पौडेल, सर्लाही । पूर्व उप प्रधानमन्त्री राजेन्द्र महतोले पहाडी र मधेसीको एकतामा जोड दिएका छन् । मधेसबादी नेताको पहिचान बनाएका महतोले सर्लाहीको लालबन्दीमा एक सभालाई सम्बोधन गर्दै पहाडी र मधेसीको एकतामा जोड दिएका हुन् । नेपाल सद्भावना पार्टीबाट पहिलोपटक सांसद बनेका महतो बिभिन्न दल हुँदै हाल राष्ट्रिय मुक्ति क्रान्तीका संयोजक रहेका छन् । शनिवार […]
जेन्स पार्लरमा जमेका पूर्वसेना सुनिल
भक्ती रिजाल, सर्लाही । नेपाली सेनाको जागिरबाट अवकास पाएपछि सुनिल कुमार ठाकुर हजाम केही समय सम्म घुमफिर र आफन्त संगको भेटघाटमा रुमलिए । जागीरको लामो अबधि सम्म नजिकबाट आफन्त भेट्न नपाएका उनी इस्ट मित्रसंग उठबैठमा ब्यस्त भए । सेनाको जागीरबाट पेन्सन पाकी हाल्यो, अब के गर्छौ ? भनेर कसैले सोधिहाले सुनिलसंग प्रस्ट उत्तर थियो, पुर्खाले […]











