नेकपा एमालेका नेता एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले अरनीकाे राजमार्ग अन्तर्गतको ४ किलोमिटर सडक बनाउन नसक्दा जनताको आलोचना व्यहोर्नु परिरहेको बताएका छन् ।
मंगलवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले निर्वाचनलाई लक्षित गरेर २०८४ भन्ने गरिएको भए पनि जनताले अहिले नै चौरासी गर्न लागिसके भन्दै व्यङ्ग्य गरे ।
उनले जसलाई जहाँ दुखेको छ त्यहीँबाट आफ्ना कुराहरू शुरु हुने र आफूले उठाएको कुराले मन्त्रीको चित्त दुखेको भन्दै सडक नबन्दा जनताको चित्त दुखेको बताए । केरुङ नाका नखुल्दासम्म अरनीको राजमार्ग एउटा मात्रै चीन जोड्ने माध्यम भएकाले समयमै निर्माण गर्न उनको आग्रह छ ।
सांसद बाँस्कोटाले अरनी राजमार्गको ४ किलोमिटर बाटो ४ वर्षसम्म किन बनेन भनेर कहिल्यै मन्त्रालयमा समीक्षा भएन भन्दै प्रश्न समेत गरे ।