प्रधानमन्त्री कप क्रिकेटकाे फाइनलमा पुग्यो पुलिस

काठमाडौं । नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशमाथि सानदार जित निकाल्दै पुलिस फाइनलमा पुगेको हो ।

मंगलबार सम्पन्न खेलमा पुलिसले कर्णालीलाई ४४ रनले हरायो। पुलिसले ४८ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएको थियो। तर, १४८ रनको लक्ष्य पछ्याएको कर्णालीले २४ ओभरमा सबै विकेट गुमाउँदै १०३ रन मात्रै बनाउन सक्यो।

प्रतियोगितामा पुलिस अपराजित रहदै फाइनलमा पुगेको हो। पुलिसले ९ खेलबाट १८ अंक जोड्यो। कर्णालीले समान खेलबाट आठ अंक बटुल्दै सातौं स्थानमा रहेर प्रतियोगिता सक्कायो।

योसँगै पुलिस लगातार दोस्रो वर्ष फाइनलमा पुग्न सफल भएको छ । अघिल्लो संस्करण उपाधि नै हात परेको पुलिसको यसपटक फाइनल भने हेर्न बाकी छ ।