मंगलबार काठमाडौंको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा सो पार्टीको ३ नम्बर ब्यूरो इन्चार्ज एवं पूर्व जनमुक्ति सेनाका कमान्डर उदयबहादुर चलाउने दिपकले माग सम्बोधन नगरे सरकारलाई अप्ठ्यारो पर्ने चेतावनी समेत दिए ।
ब्यूरो इन्चार्ज चलाउनेले देशको मुख्य दुश्मन भ्रष्टाचार रहेको र उच्च अहोदाका व्यक्तिहरु नै त्यसको कारक भएको आरोप लगाए । पार्टी स्थायी समिति सदस्यसमेत रहेका चलाउनेले आगामी चैत २४ गतेदेखि वैशाख ९ गतेसम्म सम्पत्ति छानबिनको लागि राजधानीको माईतीघर मण्डलामा धर्ना दिने घोषणा गरे ।
“उर्जामन्त्री दिपक खड्का आफै जल तथा विद्युत व्यवसायी हुन, उनको कमाउ धन्धामा कुलमानले साथ नदिएपछि हटाइए ।” चलाउनेले आरोप लगाए । “यसरी राज्यका उच्च पदस्त व्यक्तिहरुको कुदृष्टि नै राज्यकोषमा भएपछि देश बन्छ ? उनले प्रश्न गरे ।
यस्तैखाले भ्रष्टाचार रोक्न आफूहरूले सम्पत्ति छानबिनको माग राखेको र यो जनताकै सुझाव अनुसार भएको र आन्दोलनमा देशभक्त जनताको साथ रहेको उनको दावी छ ।
पत्रकार सम्मेलनमा सो पार्टीका काठमाडौं जिल्ला इन्चार्ज सागर लिम्बु, भक्तपुर जिल्ला इन्चार्ज प्रतिमा बजगाई,ललितपुर जिल्ला इन्चार्ज कुमाल, चितवन जिल्ला इन्चार्ज रक्तिम, काठमाडौं सेक्रेटरी दर्शन कुमार नेपाली लगायतको उपस्थिति रहेको थियो ।