काठमाडौ । मार्क्सवादी अर्थात् कम्युनिष्ट राजनीति वास्तवमा शान्तिकाे लागि युद्धको राजनीति हाे । हाम्राे दर्शनले सिकाएकाे छ कि मानिस आज जसरी धनी र गरीवकाेरूपमा, उचाे र निचाे जातकाेरूपमा, सम्पन्न र विपन्न देशकाेरूपमा, सभ्य र असभ्य जातिकाेरूपमा, काला र गाेरा वर्णकाेरूपमा विभेदिकृत र अपमानित छ त्याे विल्कूल कृत्रिम विषय हाे, त्याे मानिस स्ययंले सिर्जना गरेकाे कुरा हाे । याे कुनै प्राकृतिक वा अलाैकिक विषय हाेईन ।
तथ्यसंगत कुरा याे हाे कि सामाजिक विकासकाे प्रक्रियामा धन र शक्तिले सम्पन्नहरूद्वारा पराजित वा विपन्नहरूमाथि थाेपरेकाे शाेषण, उत्पिडन र हैकमकाे त्याे अभ्यास हाे । एक दिन मानव दुनियाँ त्याे युगमा अवश्य प्रवेश गर्नेछ जहाँ यी सबै कृत्रिम पर्खालहरू मानिस स्वयंले गर्ल्याम गुर्लुम ढाल्नेछ । त्याे दुनियाँ वास्तविक शान्तिकाे दुनियाँ हुनेछ । पुर्ण प्रजातन्त्र र उच्च स्वतन्त्रताकाे दुनियाँ हुनेछ । याे कुनै स्वैर कल्पना कदापि हाेईन । विज्ञान प्रविधिकाे चमत्कारीक विकास, सम्पत्तिको उच्च केन्द्रीकरण तथा साम्राज्यवादी युद्ध र पर्यावरणीय चुनाैति ईत्यादिले मानव जातिकाे अस्तित्व साम्यवाद बाहेक अरू नहुने थप निश्चित भएकाे छ ।

आफूलाई कम्युनिष्ट दृष्टिकोण बिराेधिहरूले याे प्रक्षेपणका वारेमा आलाेचना गर्नु त सामान्य कुरा नै हाे । तर, विश्वव्यापीरूपमा जब रूस र चीनकाे समाजवादी सत्ता पुँजीवादी सत्तामा फर्कियाे(यद्यपि चीनले आफुलाई समाजवादी नै भन्छ) तब देखि पुजीवादी शिविरबाट कम्युनिष्ट सिद्धान्त, समाजवादी सत्ता र त्यसका नेतृत्वहरू बिरूद्धकाे विषबमन चर्काेरूपमा शुरू गरियाे । गजवकाे कुरा के भयाे भने त्यसका लागि सबै भन्दा उपयुक्त आलाेचकहरू पुर्व कम्युनिष्टहरू नै बन्न पुगे ।
नेपालमा कम्युनिष्ट बिराेधी विषबमनकाे पछिल्लाे बाैछार अति चर्काेरूपमा माओवादी आन्दाेलनकाे विसर्जनबाट शुरू भएकाे छ । पूर्व माओवादी नेता, प्रखर बाैद्धिक व्यक्ति बाबुराम भट्टराईले त्यसकाे `सबल´ नेतृत्व गरिरहेका छन् ।
राजनीतिमा दलबदलकाे कुरा उति असमान्य विषय मानिदैनन नै । तर, जब दृष्टिकोणसहितकाे दलबदल या दलत्याग हुन्छ भने त्याे सामान्य विषय हुदैन । जुन वैचारीक धरातलमा टेकेर बाबुराम एक शिर्ष नेता भए, उनकै वैचारिक आर्किटेक्टमा माओवादी आन्दाेलनकाे जब पुर्ण विसर्जन भयाे तब बाबुरामले मार्क्सवादबाटै परित्यागकाे घाेषणा गरे ।
त्यसलाई जस्टिफाई गर्न उनले दुई वटा निकै गम्भीर कुरा बाेलेकाछन्- प्रथम, अध्यात्मवाद र भाैतिकवादकाे समायाेजन र दाेस्राे, उदारवाद र समाजवादकाे समायाेजन । उनले यहीँ सिद्धान्तको आधारमा नयाँ शक्ति निर्माणकाे उद्दघाेष गरेका थिए । बाबुराम स्वयंले बुझेकाे र बुझाएकाे हरकोही माओवादीले जानेकाे र साँचाे कुरा यहि हाे कि बाबुरामकाे याे अवतरण नवउदारवादमा पदार्पणकाे नाैलाे बाटाे बाहेक केही पनि हाेइन । तर, बाबुरामकाे याे यात्रा रहस्यमयी या अघाेषित भने होइन ।
जेनजी बिद्राेह पछि नेपाली राजनीतिमा दलबदलकाे अभियान तिब्रतामै चलिरहेकाे छ । याे परिघटनाले पुँजीवादी या वामपन्थी पार्टीहरूमा राजनीतिकाे फाेहर कति खतरनाक अवस्थामा थुप्राे लागेकाे रहेछ भन्ने राम्रैसँग पर्दाफास गरेकाे छ ।
विशेषतः वामपन्थी पार्टीहरूमा लागेकाे बैचारिक खिया, थुप्रिएकाे संगठनात्मक फाेहर अनि गुम्सिएकाे साँस्कृतिक दुर्गन्ध नाक-कान-आँखा फुट्नेगरी छताछुल्ल भएकाे छ ।
विराेधी या विभक्त पक्षमाथि लगाईने वैचारीक राजनीतिक आराेपका लागि त वामपन्थीहरू उहिल्यैदेखि माहिर नै हुन् यसपटक थपिएकाे अर्काे टाईलेन्सि भनेकाे अशिष्ट र व्यक्तिगत गालीगलाैज रहेकाे छ । एकातिर तिब्र वैचारीक टाटपल्टाई र अर्काेतिर अमर्यादित आराेप-प्रत्याराेपले वाम राजनीतिमा खग्रास ग्रहणकाे आरम्भ गरेकाे छ ।
एउटा मिठाे सम्झना, घटना केही बर्ष अघिकै हाे । एक जना मेरा विद्यार्थी सहपाठी मित्रले यस्तै दलबदलकाे गजब कुरा सुनाएका थिए । विचारधाराका हिसाबले उनी वुर्जुवा म सर्वहारावादी भएपनि हामीबीचकाे मित्रतामा भने खासै धाँजा थिएन ।
मित्रवत् पारामै सुनाएकाे कुरा यस्ताे थियाे – उनका एक जना गन्यमान्य नेता माओवादी बन्दै थिए । साेहि क्रमकाे एक दिन दुई जनाकाे डिनर चलेछ । खानपानकाे राैनक भएपनि उनले निकै गम्भिररूपमा भन्न थालेछन् `हेर भाइ हिजाेका हामी दुबै काँग्रेस, भाेलीबाट म माओवादी बन्दैछु, तँ काँग्रेस । हिजाे माओवादीका बिरूद्ध जे जे गरीयाे त्याे विगत भईसक्याे, त्यसकाे दायित्व बराबरी छ । त्याे विषयले हामीबीच कुनै अप्ठेराे ल्याउन हुदैन है !´
हुन त हामी कम्युनिष्टहरू अनुशासन र नैतिकतामा आफूलाई निकै अब्बल ठान्छाैं तर, हिजाेआजका अराजनीतिक गतिविधि हेर्दा, पढ्दा र सुन्दा ती मित्रले सुनाएकाे कुरा निकै नैतिक र मर्मस्पर्शी लागिरहेकाे छ ।
जब आफ्नाे वर्ग, लक्ष्य र पार्टीको आदेशमा कुनै कार्य गरीन्छ भने त्याे सहि वा गलत जे भएपनि समान दायित्वकाे कुरा हाे नै । अचेल यसाे हेर्दा वामपन्थीहरू भन्दा वुर्जुवाहरू पाे नैतिक, अनुशासित, मर्यादित छन् कि जस्ताे भयाे त ? बाबुरामकै पदार्पणमा त हाेईन एक हदसम्म कम्युनिष्ट राजनीतिमा पैदा भएकाे स्खलनलाई गम्भीर आत्मवाेध आवश्यक छ ।
होइन भने, वामपन्थी आन्दाेलनकाे पतन र अन्तरध्वंसका लागि साम्राज्यवादी या प्रतिक्रियावादी सैनिककाे जरूरी नपर्ने नै देखियाे, पूर्वसहकर्मिहरू नै पर्याप्त हुने देखिए ।
यहाँ वशिर बद्रकाे उर्दू शायरी हिन्दीमा स्मरण गर्न मन लाग्याे -दुश्मनी जमकर कराे लेकिन ए गुन्जाईस रहे – जक कभि हम दाेस्त हाेजाएँ ताे शर्मिन्दा न हाे ।
अर्थात, बिरोध खुलेर गर तर यत्ति चाहिँ बाकी होस् कि कहिल्यै हामी साथी बन्यौं भने लाज मान्नु नपरोस्।
(तत्कालीन जनमुक्ति सेनाका डिभिजन सह कमाण्डर रहेका चलाउने अहिले नेकपा बहुमतका ब्युरो इन्चार्ज हुन् ।)






