काठमाडौं । प्रमुख तीन दलका शिर्ष नेता एकै मञ्चमा उभिएका छन् ।
नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी राष्ट्रिय सम्मेलनमा उनीहरू एकसाथ देखिएका हुन् ।
उनीहरूले एकै मञ्चमा साझा गर्नुका साथै संयुक्तरुपले सम्मेलनको उद्घाटन पनि गरे ।
नयाँ बानेश्वरमा जारी सो सम्मेलनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीद्वय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सो कार्यक्रमको संयुक्त रूपमा उदघाटन गरे ।