नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको विषयमा विपक्षी दलहरूले संसद्मा अवरोध गरेका छन्। पुरस्कृत गर्नुगर्ने कर्मचारीलाई दण्डित गरेको उनीहरूले दावी गरे ।
बुधबार बैठकको सुरुमै सबै दलहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिए।
पूर्व उर्जा मन्त्री समेत रहेका बस्नेतले प्राधिकरण बिचौलियाको हातमा सुम्पन हतार भएको सरकारले चार महिनामा अवकाश हुँदै गरेका कुलमानलाई कार्वाही गरेको टिप्पणी गरे ।
यसबारे प्रधानमन्त्री केपी ओलीले जवाफ नदिँदा सम्म सदन चल्न नदिने बिपक्षी दलहरूको अडान छ । सभामुखले