काठमाडौं । प्रतिनिधि सभा सदस्य दिपक बोहोराको निधन भएको छ । ७८ वर्षको उमेरमा मंगलबार उनको निधन भएको हो ।
राप्रपाका नेता बोहराले रुपन्देही- ३ बाट नेपाली कांग्रेसका बालकृष्ण खाणलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् ।
रुपन्देहीमा उनले सुरु गरेको “भैरहवा लुम्बिनी भुमिगत जलपरियोजना” भैलुभुज को कारण उनी लोकप्रिय रहेका छन् ।
उनको निधन पछि प्रतिनिधि सभाको मंगलबारको बैठक ढिलो सञ्चालन हुने भएको छ।
सभामुख देवराज घिमिरे प्रतिनिधि सभाको बैठक कक्षमा पुगेपछि सांसद दीपक बोहराको निधनको खबर आएकाले संसद् बैठक केहीबेर रोकिएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।
‘घण्टी सुरु गर्नुअघि सभामुख बैठक कक्षको लबीमा पुग्ने अभ्यास छ । सम्बन्धित दलबाट निधनको पत्र आउन बाँकी रहेकाले संसद् केही ढिला सुरु हुने भएको छ’, अधिकारीले भने, ‘आज शोक प्रस्ताव पारित गरेर संसद् बैठक अन्त्य हुनेछ ।’







