काठमाडौं । शुक्रवार साँझ पुनः पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रूपेन्देही लगिएकाे छ ।
उच्च अदालत, बुटवलले पुनः पक्राउ गर्न आदेश दिए लगत्तै हिजो साँझ पक्राउ परेका लामिछानेलाई रूपेन्देही हिरासतमा राख्नका लागि बिहानै त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल पुर्याइएको थियो । उनलाई पहिलाे फ्लाइटबाटै रूपन्देही लगिएकाे हाे ।
पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेलाई हिजो रातभर जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौंको हिरासतमा राखिएको थियो ।
बुटवलको सुप्रिम सहकारीको ठगी मुद्दामा जिल्ला अदालतले लामिछानेसँग १ करोड धरौटी माग लिएर छोडेको थियो ।
सो सहकारीको ठगीमा आफु संलग्न नै नहुँदा पनि धेरै धरौटी मागिएको भन्दै लामिछानेले साधारण तारेखको माग गरेर उच्च गएका थिए, तर परिणाम उल्टाे भयाे ।