सर्वोच्च अदालतमा दर्ता भयो कुलमानको रिट निवेदन

काठमाडौ । सरकारले जबर्जस्ति पदमुक्त गरेपछि नेपाल विद्युत प्राधिकरणका प्रमुख एवं कार्यकारी निर्देशक कुलमान घिसिङ न्याय खोज्न अदालत पुगेका छन् । गैरकानुनी रुपमा पदमुक्त गरिएको जिकिर गर्दै उनी सर्वोच्च अदालत पुगेका हुन् ।

घिसिङले पेस गरेको रिट निवेदन बिहीबार दर्ता भएको सर्वोच्च श्रोतले जनाएको छ । उनको रिटमा शुक्रबार पेशी तोकिएको छ

उनले सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुन:स्थापना गर्नुपर्ने माग गरेका छन् ।

मुद्दामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जा, जलश्रोत एवं सिंचाइ मन्त्रालय र मन्त्री दिपक खड्काको साथै नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र शाक्य लगायतलाई विपक्षी बनाइएको छ ।