कुलमान हटाउने गठबन्धन सरकारप्रति डा कोइरालाको टिप्पणी, ‘बिनाशकाले विपरीत बुद्धि!’

काठमाडौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णयलाई नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले ‘सरकारको कुशासनको निरन्तरताको अर्को कडी’ भएको भनेका छन्।
 

कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको कहिल्यै पुष्टि नहुने उनले प्रष्ट पारे । सरकारले र पार्टीले हटाउनुपर्ने कारणको पुस्ट्याई गर्न नसक्ने भन्दै नेता कोइरालाले भने, “नेपाली कांग्रेसले यसको स्वामित्व लिनै हुन्न ।’

उनले ’यसरी कति दिन चल्ने र चलाउने ?भन्दै गठबन्धनमाथि प्रश्न समेत गरेका छन् । उनले सरकारको यो कदममा कडा प्रतिक्रिया दिदै लेखेका छन्, “बिनाशकाले विपरीत बुद्धि!’

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र बिश्वप्रकाश शर्माले समेत सरकारको निर्णयप्रति असन्तुष्टि जनाइसकेका छन् ।