एकाबिहानै त्रिशूलीमा खस्यो ट्रक

मुग्लिन । नारायणगढ मुग्लिन सडकखण्डको चौधकिलो भन्ने स्थानबाट कोइला बोकेको ट्रक त्रिशूलीमा खसेको छ ।

ट्रक खस्दा चालकको ज्यान गएको छ भने सहचालक घाइते छन् । ट्रक पूर्णरुपले क्षति भएको छ ।

दुर्घटनामा परी ट्रक चालक रौतहट घर भएका अन्दाजी ३०/३५ वर्षीय रामनारायण यादवको ज्यान गएको र सहचालक रौतहटकै १९ वर्षीय असुन्द्र कुमार यादव घाइते भएका चितवन प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज मंगलबार बिहान करिब साढे ६ बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक आफैं अनियन्त्रित भई त्रिशूलीमा खसेको हो । ट्रक निकाल्ने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।