मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवती महिलालाई वडाबाटै नि:शुल्क स्वास्थ्य सेवा

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ गरेको छ । प्रत्येक वडाबाट महिनाको दुईदिन प्रवाह हुनेगरी निशुल्क सेवा शुभारम्भ भएको हो । बिहीबार वडा नम्बर ६ मा आयोजित सेवा शुभारम्भको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले स्वास्थ्य बीमा मार्फत ६० बर्ष भन्दा माथिका जेष्ठ नागरिक […]

राप्रपाको भण्डाफोर अभियान शुरु

राष्ट्रिय प्रजातन्त्र पार्टीको बृहत भण्डाफोर कार्यक्रम आजवाट सुरू हुदैँछ । पुर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको दिन दिएको बक्तब्यले उत्साहित भएको राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले आजवाट ‘बृहत भण्डाफोर’ कार्यक्रम गर्न लागेको हो । राप्रपाका महामन्त्री एव सचिवालय प्रमुख राजेन्द्र गुरूङका अनुसार आज पहिलो दिन बृहत भण्डाफोर कार्यक्रम पोखरावाट सुरू हुदैछ । उनका अनुसार फागुन १७ […]

एकैपटक ६ हात्ती हताहत

श्रीलंकाको हबराना क्षेत्रमा बिहीबार ठूलो दुर्घटना भएको छ ।यात्रुवाहक रेल हात्तीको समूहसँग ठोक्किदा छ, ६ हात्ती हताहत भएका छन् । श्रीलंकाली समाचार माध्यमका अनुसार घाइते थप २ हात्तीको उपचार भइरहेको छ । श्रीलंकामा रेल र हात्तीबीचको यस्तो दुर्घटना सामान्य भइसकेको छ । वन्यजन्तु संरक्षणसँग सम्बन्धित संस्थाका अनुसार हरेक वर्ष रेल दुर्घटनामा २० वटा हात्तीको मृत्यु […]

अमेरिकी राष्ट्रपति ट्रम्पप्रति बालेनको कडा कटाक्ष

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कडा शब्दमा कटाक्ष गरेका छन् ।  उनले सामाजिक सञ्जालमार्फत ट्रम्पको आप्रवासन नीतिलाई लिएर कटाक्ष गरेका हुन् । बालेनले ट्रम्पलाई सम्बोधन गर्दै लेखेका छन्, “हाम्रो देश तपाईंको देशभन्दा राम्रो रहेको अनुभूति गराइदिनु भएकामा धन्यवाद।” उनले नेपाल गरिब हुनुको कारण नेपाली युवाहरू विदेशिनु रहेको बताउँदै अमेरिका […]

भक्तपुरको पुरानो बाटोमा सवारी कुदाउँदै हुनुहुन्छ भने सावधान !

bhaktapur traffic police

भक्तपुर । भक्तपुरको पुरानो बाटोमा सवारी कुदाउँदै हुनुहुन्छ भने सावधान ! साउन यता ७ महिनामै यो सडकमा सवारी दुर्घटनाको संख्या १ सय ६० पुगेको छ । सल्लाघारी-पुरानोथिमि, सानोठिमी- मनोहरा सडकमा मात्रै साउन यता १ सय ६० वटा सवारी दुर्घटना भएको हो । जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले यो सडक खण्डमा दुर्घटना न्यूनीकरण गर्न तीब्र गति […]

भारतमा भएको दमनको सानोठिमीमा बिरोध, सरकारलाई यस्तो चेतावनी

भक्तपुर । भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीको रहस्मय निधन र न्याय माग गर्दा विद्यार्थी माथि भएको दमनको सानोठिमीमा बिरोध भएको छ । बी–टेक तेस्रो वर्षमा पढ्ने नेपाली विद्यार्थी प्रकृति लम्साल आइतबार साँझ होस्टेलमा मृत भेटिएको र विद्यार्थीले अनुसन्धानको माग गर्दा दमन भएको भन्दै अखिल […]

हलेसी बजारमा भीषण आगलागी

खोटाङको हलेसी बजारमा भीषण आगलागी भएको छ । आइतबार साँझदेखि लागेको आगो नियन्त्रणमा आउँन सकेको छैन । हार्डवेयर पसलमा सल्केको आगोले दुई घर पूर्णरूपमा जलेको र अरु एक दर्जन घर जोखिममा रहेका छन् । आगो नियन्त्रणमा प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् ।

अघिल्ला सरकारले गरेको सहमती शिक्षा विधेयकमा समेट्नुपर्छ : सांसद दाहाल

काठमाडौ ।नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन) ले अघिल्ला सरकारले सरोकारवालासँग गरेका सहमती विद्यालय शिक्षा विधेयकले सम्बोधन गर्नुपर्ने बताएका छन् । शिक्षा पत्रकार समूहले शनिवार आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् । सो अवसरमा सांसद दाहालले कतिपय विद्यालयमा विद्यार्थी भन्दा शिक्षक बढी रहेका पनि बताए […]

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेल घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्य घटाएको  छ।  निगमले भोलि आज आइतबारबाट लागू हुने गरी पेट्रोलको मूल्य बढाएको तथा डिजेल मट्टीतेल  र हवाई इन्धनको को मूल्य घटाएको   हो । निगमले पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ  बढाएको छ भने र डिजेल तथा मट्टीतेल प्रतिलिटर ४  रूपैयाँ घटाएको छ । नयाँ मूल्य […]

केएमसीमा मध्यपुर थिमि नगरबासीलाई निशुल्क शिविर

काठमाडौ मेडिकल कलेजले मध्यपुर थिमि नगरपालिका वडा नम्बर ७ का बासिन्दालाई लक्षित गरि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । कलेजको दुवाकोट स्थित अस्पतालमा माघ ४ र ५ गते निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो । सो शिविरमा जनरल मेडिसिन देखि विशिस्ट सेवा समेत प्रदान गरिने अस्पताल प्रशासनले जनाएको छ । स्त्री तथा […]