केएमसीले प्रर्दशनमा घाइते भएकाहरूको नि:शुल्क उपचार गर्ने

काठमाडौ । काठमाडौको सिनामंगलस्थित काठमाडौ मेडिकल कलेज (केएमसी) ले आज भएको प्रर्दशनमा घाइते भएकाहरूको निशुल्क उपचार गर्ने जनाएको छ। 

अस्पतालले सूचना प्रकाशन गरी विभिन्न स्थानमा भएको प्रर्दशनमा घाइते भएकाहरूको निशुल्क उपचार गर्ने जनाएको हो।

अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत ठानेर घाइतेहरूको निशुल्क उपचार गर्ने निर्णय गरेको जनाएको छ। 

औषधि बाहेक अन्य उपचार अस्पतालले बेहोर्ने निर्णय भएको अस्पतालका प्रशासन प्रमुख नारायण प्रसाद दाहालले बताएका छन्।

राजावादी समूहको प्रर्दशनमा केही प्रहरी र आन्दोलनकारी घाइते भएका छन्।